
वीरगन्ज – वीरगन्ज पथलैया सडकखण्ड अन्तर्गत आइतबार दिउँसो बाराको जितपुर सिमरा उप महानगरपालिका–२ मा भएको दुर्घटनामा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा परी जितपुर सिमरा उपमहानगरपालिका–२ का ३० बर्षका उदित नारायण झाको मृत्यु भएको हो। सोही स्थानका १८ बर्षका उत्पल आचार्य गम्भीर घाइते भएका छन्।
दुबै जना सवार सिमराबाट पथलैयातर्फ गइरहेको ना ४० प ४१९५ नम्बरको मोटरसाइकल बिपरित दिशाबाट आउदै गरेको ना ६ ख २८९५ नम्बरको ट्रकसित ठक्कर खाएर दुर्घटना भएको थियोे।
बाराका प्रहरी प्रबक्ता डिएसपी प्रकाश सापकोटाका अनुसार घाइते दुबै जनाको उपचारको लागि बारा नौतनस्थित एलएस न्युरो अस्पतालमा लगिएकोमा झाको मृत्यु भएको हो । ट्रक र चालक धादिङको गजुरी गाउँपालिका निवासी सन्दिप भुजेल र सहचालक सुशील थापालाई नियन्त्रणमा लिइ थप अनुसन्धानका भइरहेको उनले बताए।