
मुगु – छायाँनाथ रारा नगरपालिकामा चालू आर्थिक वर्ष २०८१/८२ मा तीन विद्यालय भवन निर्माणका लागि २ करोड ३४ लाख रुपैयाँ बजेट छुट्याइएको छ।
नगर प्रमुख विष्णु कुमार भामका अनुसार सेतिबाडा, बाँम, र तलिबालै विद्यालयका लागि प्रत्येकमा ७८ लाख रुपैयाँ विनियोजन गरिएको छ। भवन निर्माण कार्य सुरु भइसकेको छ र समयमै सम्पन्न गर्ने तयारी गरिएको पनि नगर प्रमुख भामले जानकारी गराए।