
मगु –जिल्लामा परम्परागत पहिरनलाई जोगाउन महिलाले विशेष चासो दिन थालेका छन्। सांस्कृतिक पहिचानको रक्षा र प्रचार गर्ने उद्देश्यले महिलाले विभिन्न सार्वाजनिक समारोह, बिवाह, चार्डपर्व भोज, भतेरमा स्थानिय परम्मपरागत पहिरनमा जोड दिदै आएका छन्।
परम्परागत ठेटुवाको धोती, कपडा, गुन्यू९चोली, पटुका, र पछ्यौरा जस्ता पहिरनलाई पुनः जीवन्त बनाउँदै, युवा पुस्तालाई समेत यसको महत्व बुझाउने प्रयास भइरहेको छ। महिलाहरूले सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरूमा यी पहिरन अनिवार्य रूपमा लगाउन थालेका छन्।
संस्कृतिको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थानिय सरकार र सामाजिक संघ९संस्थाहरूले पनि यस अभियानलाई समर्थन गरिरहेका छन्। ‘आफ्नो पहिरनलाई सम्मान गर्दै सांस्कृतिक धरोहर बचाउन सबैको सहभागिता आवश्यक छ,’ स्थानीय महिला अगुवा सकुन्तला बुढाले बताइन्।
उनका अनुसार जब हाम्रो पुरानो संस्कृति हराउँछ त्यसैमा हामीहरूको अस्थित्व पनि हराएर जान्छ त्यसैले हामीहरूले पुरानो सस्कृति जगेर्ना गर्दै अहिलेको नयाँ पिढीलाई सन्देश दिन परम्परागत पहिरनमा जोड दिन थालेका हौँ।’
यस्ता कार्यक्रमले पहिचान मात्र जोगाउने नभई, स्थानीय कपडा उद्योगलाई पनि बल पुर्याउने अपेक्षा गरिएको छ।