रियललाई पछि पार्दै शीर्ष स्थानमा उक्लियो बार्सिलोना, रोमाञ्चक बन्यो लिग तालिका

रियललाई पछि पार्दै शीर्ष स्थानमा उक्लियो बार्सिलोना, रोमाञ्चक बन्यो लिग तालिका
+
-

काठमाडौं- स्पेनिस लालिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ। सोमबार राति भएको खेलमा बार्सिलोनाले रायो भालेकानोविरुद्ध तनावपूर्ण जित निकाल्न सफल भयो। डिसेम्बरयता बार्सिलोना पहिलोपटक ला लिगाको शीर्ष स्थानमा उक्लिन सफल भयो।

रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड दुवै क्लबले शनिबार १-१ को बराबरी खेल्दा अंक गुमाएपछि त्यसको फाइदा लिंदै बार्सिलोना शीर्ष स्थानमा पुगेको हो। बार्सिलोनालाई १-० को साँघुरो जित दिलाउन रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत पहिलो हाफमा गरेको एकमात्र गोल निर्णायक बन्यो।

पोल्यान्डका स्ट्राइकर लेवान्डोस्कीले २०औं लिग गोल गरेका हुन्। पेनाल्टीको निर्णय भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को समीक्षा पछि आएको थियो, जसअन्तर्गत रायोका मिडफिल्डर पाथे सिसलाई इनिगो मार्टिनेजलाई डिबक्सभित्र तानेको भन्दै बार्सिलोनालाई पेनाल्टि दीइएको हो।

रायोले पनि उस्तै घटनामा पेनाल्टी नपाएकोमा आक्रोश व्यक्त गर्योि, जुन क्रममा सिस नै लडेको देखिएको थियो। विवाद त्यत्तिमा मात्र रोकिएन। रायोले बराबरी गरेको ठानेको क्षणमा होर्गे डे फ्रुटोसले उत्कृष्ट रूपमा गरेको गोल समेत अमान्य भयो। रेफ्रीले स्ट्राइकर र्यान्डी न्टेकालाई अफसाइड अवस्थामा रहेर मार्टिनेजलाई ट्याकल गर्न अवरोध पुर्याकएको भन्दै गोल रद्द गरे।

बार्सिलोनाले दोस्रो हाफमा गोल गर्ने थुप्रै मौका गुमायो। अन्तिम समयमा रायोको काउन्टर-अट्याकमा डे फ्रुटोसले हेड प्रहार गर्दै बल पोस्टमाथि पठाउँदा पाहुना टोलीले बराबरी गर्ने अवसर गुमायो।

हान्सी फ्लिकको टोली रियल म्याड्रिड समान ५१ अंक बनाएपनि गोलअन्तरको आधारमा शीर्ष स्थानमा रह्यो। एट्लेटिको म्याड्रिड भन्दा बार्सिलोना र रियल समान एक अंकले अगाडि रहेका छन्। लिगमा अब १४ खेल खेल्न बाँकी छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?