
वीरगञ्ज- आफूलाई तपस्वी भन्ने रामबहादुर बम्जनविरुद्ध सम्पति शुद्धीकरणको मुदा दायर भएको छ ।
सोमबार जिल्ला न्यायाधीवक्ताको कार्यालय सर्लाहीले उनीविरुद्ध सम्पति शुद्धीकरणको मुदा दायर गराएको जिल्ला न्याधिवक्ता नारायण प्रसाद घिमिरेले जानकारी दिए ।
उनीविरुद्ध ८ करोड ५९ लाख बिगो दाबी गर्दै मुद्दा दायर गराइएको उनले बताए । बाल यौन दुरुपयोग अभियोगमा प्रहरीले पक्राउ गरेको बम्जनको जगा र उनीसँग बरामद भएको नेपाली रुपैयाको आधारमा उक्त बिगो कायम गरि मुद्दा दायर गराइएको घिमिरेले जानकारी दिए ।
बम्जनको साथबाट विदेशी मुद्रा समेत बरामद गरिएकोमा सो सम्बन्धि अनुसन्धान जारी रहेको उनको भनाइ छ । २०८० पुस २४ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बमजनलाई काठमाडौंबाट पक्राउ गरेको थियो।पक्राउ परेका बेला उनको साथबाट विभिन्न १७ वटा देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरका बिदेशी मुद्रा र ३ करोड ३४ लाख नेपाली रुपैयाँ बरामद भएको थियो।
बाल यौन दुरुपयोग मुद्दामा पक्राउ परेका बम्जनलाई सर्लाही जिल्ला अदालतका न्यायाधीश जिवकुमार भणडारीको इजलासले दोषी ठहर गर्दै गत असार १७ गते दश बर्ष कैद र पाँच लाख क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।
रौतहटकी गंगामाया तामाङले केही वर्ष सर्लाहीको लालबन्दी नगरपालिका १२ पत्थरकोटमा आश्रम बनाएर केही वर्ष बस्दा बमजनले आफुमाथि बालात्कार गरेको आरोप लागाउदै जाहेरी दिएकी थिइन्।
त्यस्तै, बाराको रतनपुरी जंगलमा पनि आश्रम बनाएर अनुयायी जम्मा पारेका बमजनले त्यहाँ बस्ने किशोरीहरुमाथि चरम यौन शोषण गरेको र कतिपयको हत्यासमेत गरेको आरोप लागेको छ।
बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुलीस्थित आश्रमबाट बेपत्ता छन्।