
काठमाडौँ- काठमाडौँको महानगरपालिकास्थित हनुमानढोका नजिकै एक व्यक्ति मृत फेला परेका छन्।
बिहीबार बिहान करिब ७ बजे ३०/३५ वर्षीय सुजन शाक्य नाम गरेका व्यक्ति मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए।
उनको टाउकोमा चोट देखिएको छ। प्रहरीले घटनाको सम्बन्धमा छानबिन गर्न दुई जनालाई पक्राउ गरेको छ।
उनीहरूको परिचय खुलाइएको छैन।
सिसीक्यामेरामा शाक्यसँगै देखिएका दुई जनालाई पक्राउ गरि अनुसन्धान भइरहेको बोहोराले बताए।
एक अनुसन्धान अधिकृतकाअनुसार मृत फेला परेका शाक्य लागुऔषध प्रयोगकर्ता हुन सक्ने अनुमान गरिएको छ।