मालपोत बाराका अधिकृत,नापी अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मालपोत बाराका अधिकृत,नापी अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
+
-

वीरगञ्ज- एक कठ्ठा जग्गालाई तीन कठ्ठा बनाएर किनबेच गर्ने मालपोत बाराका नापी अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गराएको सहायक प्रवक्ता देविप्रसाद थपालियाले जानकारी दिए।

अख्तियारले मालपोत कार्यालय बाराका मालपोत अधिकृत सुमनप्रसाद चौधरी, तत्कालीन नायब सुब्बा बुधनप्रसाद यादव, नापी कार्याल बाराका तत्कालीन नापी अधिकृत (हाल अवकांश प्राप्त) दिनानाथ मिश्र, तत्कालीन सर्वेक्षक हाल नापी कार्यालय पर्सामा कार्यरत नापी अधिकृत शिव बालक शाह, नापी कार्यालय बाराका तत्कालीन सर्वेक्षक सुनिल कुमार झा, जितपुर सिमरा वडा नम्बर- १३ का लेखापढी ब्यावसायी जयलाल सहनी, जग्गाधनी वडा नम्बर- १५ बस्ने सुदामाप्रसाद चौधरी थारु र रामपती देवी थरुनीविरुद्ध अख्तियारले भ्रष्टाचार मुदा दायर गराएको उनले बताए।

मुद्दा दायर भएकाहरुले मिलेमतो गरी बाराको साविक डुमरवाना गाविस- ६ क को क्षेत्रफल ज.वि. ०-१-० भएको जग्गाको श्रेस्तामा किर्ते गरी क्षेत्रफल ०-३-१० कायम गरी बिक्री गरेको अख्तियारको भनाइ छ।

त्यस्तै, क्षेत्रफल ज.बि. ०-२-१० भएको जग्गाको श्रेस्तामा किर्ते गरी क्षेत्रफल ०-६-० कायम गरी नापी कार्यालय, बारा र मालपोत कार्यालय, बारा समेतको मिलेमतोमा श्रेस्ता पुर्जा तयार गरी ठगी गरेको अनुसन्धानको क्रममा देखिएको अख्तियारले जनाएको छ।

सबै जनालाई भ्रष्टाचार निवारण ऐन अनुसार जनही एक लाख पचास हजार जरिवाना र कैद हुने मागदाबी लिइएको अख्तियारले जानकारी दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?