
मुगु – मुगुको उत्तरी सीमा तिब्बत जोड्ने गमगढी (नाक्चे लाग्ना सडक अन्तर्गत गमगाड खोला (अल्का साँघु ) मा पक्की मोटरेबल पुलको निर्माण अन्तिम चरणमा पुगेको छ।
नेपाल सरकार सडक विभागअन्तर्गत पुल महाशाखाको आर्थिक र सडक डिभिजन कार्यालय जुम्लाको प्राबिधिक सहयोगमा उक्त पुल निर्माण कार्य शुरू गरिएको हो ।
हिम सगरमाथा निर्माण कम्पनी ले कर्णाली राजमार्ग अन्तर्गत जुम्ला र कालिकोटको सिमाना मा पर्ने कालिका खेतुदेखि मुगुको छाईल बगर सम्म जम्मा कुल १० वटा मोटरेबल पुलमध्ये गमगाड खोलाको पक्की मोटरेबल पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो।