
मुगु – भूमि समस्या समाधान आयोग, मुगुका नवनियुक्त सदस्यहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
आइतबार जिल्ला समन्वय समिति मुगुमा आयोजित एक कार्यक्रममा आयोगका विज्ञ सदस्य प्रबल कुमार चौलागाई, सदस्य डिलबहादुर मल्ल र सूर्य देवी मल्लले शपथ ग्रहण गरेका हुन्।
उनीहरूलाई भूमि समस्या समाधान आयोग, मुगुका अध्यक्ष राम बहादुर रावतले शपथ गराएका थिए। नेकपा एमालेको कोटाबाट दुई जना र नेपाली कांग्रेस निकट एक जना गरी कुल तीन सदस्य आयोगमा मनोनयन भएका छन्।
शपथ ग्रहण समारोहमा अध्यक्ष रावतले आयोगलाई पूर्णता दिइएको बताउँदै सबै पक्षसँग सहकार्य गरेर भूमि समस्या समाधान गर्ने प्रतिबद्धता जनाए।