रौतहटको मौलापुरमा पाँचदिने मधानी महोत्सव सुरु

रौतहटको मौलापुरमा पाँचदिने मधानी महोत्सव सुरु
+
-

राैतहट – महाशिवरात्रिको अवसर पारेर रौतहटको मौलापुरमा मधानी महोत्सव आइतबारदेखि सुरु भएको छ। मौलापुर नगरपालिकाको पतौरास्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने संकल्पसहित सुरु भएको मधानी महायज्ञ पाँच दिनसम्म चल्नेछ।

महोत्सवको आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह र मधेश प्रदेशको शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले संयुक्त रूपमा उद्धघाटन गरेका छन्।

प्रत्येक वर्ष भगवान शिव–पार्वतीको विवाह उत्सवको रुपमा मनाइने मधानी महायज्ञले धर्म, संस्कृतिको संरक्षण हुने सांसद साहले बिश्वास व्यक्त गरे। नेपाल र भारतका लाखौं दर्शनार्थी दर्शन गर्न महोत्सवमा आउने भएकाले त्यसले दुई देशको सम्बन्ध अझै बलियो बनाउने पनि उनले बताए।

नेपाल र भारतको सम्बन्ध जोड्ने मधानी महोसत्वमा सबैको चासो रहेको बताउँदै साहले यसलाई व्यवस्थित रुपमा अगाडि बढाउनुपर्ने बताए। नेपाल र भारतका भक्तजनको साझा स्थल रहेको मधानी महायज्ञ अन्तर्राष्ट्रिय रुपमा अगाडि बढिरहेको उनले बताए।

आइतबारदेखि सुरु भएको महोत्सवमा सोमबार फागुनमा शिव वारात यात्रा,मंगलबार विशेष पूजा समारोह, बुधबार सांस्कृतिक समारोह र १५ गते मधानी विशेष दंगल कार्यक्रम राखिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?