तराई-मधेश जागरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नारायणकाजीलाई ‘सनक’ चलेपछि… (भिडियाेसहित)

+
-

झापा- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सोमबारबाट झापाको कचनकवलमा सुरु गरेको ‘जनतासँग माओवादीः तराई-मधेश जागरण अभियान’को उद्घाटन कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टीका सबै पदाधिकारीलाई उपस्थित गराएका थिए।

निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो सुरु भएको कार्यक्रममा पार्टीका सबै पदाधिकारीले मन्तव्य राखेका थिए। बाँकी दुईवटा निर्धारित कार्यक्रमका लागि समय दिन समयलाई ख्याल गर्नुपर्ने भए पनि बोल्ने फोरम पाएपछि सबै नेताहरूले जमेरै कुरा राखेका थिए।

सबै उपमहासचिवहरू, महासचिव, दुई जना उपाध्यक्षले मन्तव्य राखिसकेपछि कुर्सीहरू खाली हुन थालिसकेका थिए। यस अघिका माओवादी केन्द्रका कार्यक्रममा त्यत्रा वक्ताले बोल्ने गरेका थिएनन्। तर अहिले पार्टी भित्र कुनै समस्या छैन भनेर देखाउन हुन सक्छ अध्यक्ष प्रचण्डले सबै पदाधिकारीलाई बोल्नका लागि अनुरोध गरेका थिए।

जब पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको पालो आयो, उनले आफ्ना कुरा राख्दै थिए। २०७२ सालमा संविधान जारी भएपछिका उपलब्धिका बारेमा चर्चा गर्दै थिए। त्यति नै बेला कार्यक्रमका उद्घोषक माओवादी केन्द्र झापाका अध्यक्ष राज आचार्य ‘अग्नि’ नारायणकाजीको छेउमा गएर उभिए।

त्यसपछि नारायणकाजी एकाएक जंगिए, ‘तपाईं मलाई सम्बोधन सक्नु भन्न आउनु भएको हो? हो भने भन्नुस्। म जान्छु।’

आचार्यले भने, ‘होइन, त्यस्तो होइन।’

नारायणकाजी पुनः जंगिए, ‘होइन भने किन अगाडि उभिन आउनु भएको? उनले दर्शकदीर्घातिर फर्केर फेरि भने, ‘समयको चाप छ, म थोरै कुरा भन्न चाहन्थें। कार्यक्रम सञ्चालकलाई समयको चाप भयो होला, म विदा चाहन्छु, लाल सलाम!’

त्यसपछिको सम्बोधनमा प्रचण्डले उक्त घटना सामान्य भए पनि समीक्षा गरिने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?