बयलपाटा अस्पतालको निःशुल्क सेवालाई निरन्तरता दिइनेछः स्वास्थ्यमन्त्री पौडेल

बयलपाटा अस्पतालको निःशुल्क सेवालाई निरन्तरता दिइनेछः स्वास्थ्यमन्त्री पौडेल
+
-

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अछामको बयलपाटा अस्पतालको निःशुल्क सेवालाई निरन्तरता दिने बताएका छन्।

सोमबारको प्रतिनिधि सभा बैठकमा सांसद शेरबहादुर कुँवरले सार्वजनिक महत्वको विषयमाथि स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएपछि सांसदहरुका प्रश्नको जवाफ दिँदै उनले अस्पतालको निःशुल्क सेवा निरन्तरताका लागि सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गर्ने बताए।

उनले अहिले पनि अस्पतालले स्थानीय सरकारको सहकार्यमा निःशुल्क सेवा प्रदान गरिरहेको उल्लेख गरे।

उनले भने, ‘हाल उक्त अस्पताल सम्बन्धित स्थानीय सरकारको सहकार्यमा सामाजिक विकास मन्त्रालयमार्फत सञ्चालनमा रहेको छ। बयलपाटा अस्पताल अहिले पनि सुचारु रुपमा चलिरहेको स्थिति छ। माननीयज्युले जुन प्रश्तुत गर्नुभएको छ, यसको आधारमा हामीले सामाजिक विकास मन्त्रालय सुदूरपश्चिमसँग समन्वय गर्नेछौँ, यो अस्पताललाई निरन्तर चलाउन आवश्यक छ। यो पूर्णरुपमा निःशुल्क उपचार उपलब्ध गराउने गरी चलिरहेको अवस्था छ त्यसलाई त्यही रुपमा अगाडि बढाउन प्रदेशसँग र स्थानीय तहसँग सहकार्य गर्ने अगाडि बढ्ने विषयलाई म यहाँ अनुरोध गर्न चाहन्छु।’

प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरले सरकारबाट प्रदान गरिने अनुदान रकमको अभावले विपन्न र पछाडि परेका नागरिकहरूले अस्पतालबाट पाउने निःशुल्क सेवाबाट वञ्चित हुने अवस्था आएको भन्दै स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?