गमगढीको भिरालो जमिनमा बजार विस्तार

गमगढीको भिरालो जमिनमा बजार विस्तार
+
-

मुगु –  हिमाली जिल्ला मुगुको सदरमुकाम गमगढीमा बजार विस्तार तीव्र गतिमा अगाडि बढिरहेको छ। भिरालो भू–भागका कारण सीमित क्षेत्रमै खुम्चिएको गमगढी बजार पछिल्ला वर्षमा नयाँ संरचना निर्माणसहित फैलँदै गएको छ।

बजार क्षेत्र साँघुरो हुँदै जाँदा स्थानीय व्यापारी र बासिन्दाले नयाँ क्षेत्रतर्फ घर तथा पसल सार्न थालेका छन्। विशेष गरी गमगढी आसपासका कहिले बाडा, फाईम, न्युरोड, स्याउली बजार, बाघ बजार , बसपार्क लगायतका क्षेत्रहरूमा नयाँ भवन तथा व्यापारिक संरचना थपिने क्रम जारी छ।

स्थानीय व्यवसायीका अनुसार पुरानो बजार क्षेत्रमा ठाउँ अभाव भएपछि नयाँ निर्माणलाई प्राथमिकता दिइएको हो। “हामीलाई व्यापार बिस्तारका लागि थप ठाउँको आवश्यकता थियो, त्यसैले नयाँ ठाउँ खोजेर बजार विस्तार गर्दैछौं,” स्थानीय सफल व्यापारी सहकारी कर्मी हरी बहादुर शाहीले बताएका छन् ।

छायाँनाथारा नगरपालिका तथा सम्बन्धित निकायहरूले पनि बजार व्यवस्थापनलाई आधुनिक बनाउन आवश्यक योजना अघि बढाइरहेका छन् । तर, भौगोलिक कठिनाइ र उचित योजना अभावका कारण बजार विस्तार चुनौतीपूर्ण देखिएको स्थानीय सरोकारवाला बताउँछन्।

बजार विस्तारसँगै यातायात, विद्युत्, खानेपानी तथा सरसफाइ व्यवस्थापनमा समेत ध्यान दिनुपर्नेमा स्थानीयले जाेड दिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?