‘नेपालले भारत पठाउने डोकोमा परिवर्तन गर्नुपर्छ’

‘नेपालले भारत पठाउने डोकोमा परिवर्तन गर्नुपर्छ’
+
-

पोखरा – भारतीय अर्थशास्त्री महेन्द्र पी लामाले नेपालले भारत निर्यात वस्तुमा परिवर्तन गर्न आवश्यक रहेको सुझाएका छन्। उनले ७० वर्षदेखि भारत पठाउने निर्यातको डोकोमा एउटै वस्तु रहेको जिकिर गरे।

‘अहिलेसम्म पनि आफ्नो निकासी निर्यात गर्नुहुन्छ नि जो डोकोभित्र लगभग त्यही कुुरा छ है! ७० वर्ष भो डोकोभित्र भारतमा पठाउने कुरामा केही पनि परिवर्तन देख्दिनँ’, सुझाव दिँदै लामाले भने, ‘जस्तै बंगलादेश हेर्नुभो भने पहिला जुटको कार्पेट पठाउँथ्यो। आज उनीहरूले जुुट छाडेर माछा, साडी र तयारी पोसाक पठाउँछन्। भुटान हेर्नुहोस्, अलिअलि खानी पठाउँथ्यो सब छाडेर ज्यादा भारतमा पठाउने बिजुली हो। नेपालले गर्नै सकेन।’

नेपाल–भारत सम्बन्धलाई थप नरम बनाउनलाई लिटरेचर फेस्टिबल, सिनेमा, पर्यटन, खाना, शिक्षा, स्वास्थ्यमा सहकार्य गर्नुपर्नेमा उनको जोड छ।

सिक्किम सरकारका मुुख्य आर्थिक सल्लाहकार लामाले भारत–नेपालबीचको सम्बन्ध अत्यन्तै गहिरो, ऐतिहासिक, पारस्परिक रहेको जिकिर गरे।

पोखरामा जारी १२औँ संस्करणको एनसेल फाउण्डेसन नेपाल लिटरेचर फेस्टिबलको ‘यस्तो होस् नेपाल–भारत सम्बन्ध’ विषयक सेसनमा बोल्दै लामाले साना घटनाले नेपाल–भारतको सम्बन्धमा दरार नआउने बताएका छन्।

‘एउटा सानो घटनाले नेपाल र भारतको सम्बन्धविच्छेद हुन्छ। उतार–चढाव आउँछ भन्ने खालको कुरामा हामी किञ्चित मात्रामा पनि विश्वास गर्दनौं’, अर्थशास्त्री लामाले थपे, ‘कारण, उतारचढाव पनि देख्यौं हामीले अनि व्यापक मित्रता पनि देख्यौं। गहिरो सम्बन्ध पनि देख्यौं यत्तिका वर्षहरूमा। दुइटै सरकारले एक अर्कालाई राम्रोसँग बुझ्छन्। नेपाल सरकारले भारतलाई बुझ्दैन भन्ने ठीक होइन। के गर्दाखेरि के हुन्छ राम्ररी बुुझ्छन्।’

नेपालले जलवायु परिवर्तनको बहसमा नेतृत्व गर्न सक्ने बताए। ‘विश्वको जलवायुु परिवर्तनको बहसमा प्रस्तुत गरेर जान सक्छ भने नेपालले सक्छ भनेर भनिन्छ। नेपाल सक्छ। नेतृत्व किन नलिने ?’, उनले भने, ‘जहिले हारेको सोंच, म तपाई भन्दा कमजोर सोंच होइन म पनि नेतृत्व दिन सक्छु। म पनि यो क्षेत्रमा निपूर्णता दिन सक्छुु भन्ने सोंच गर्नुपर्छ।’

नेपाल भारतको सम्बन्ध चार प्रकारको रहेको सुनाए। उनका अनुसार पहिलो सम्बन्ध सरकारबीचको सम्बन्ध। दोस्रो व्यापार वाणिज्य। तेस्रो नागरिक समाजको सम्बन्ध। चौंथो साधारण मान्छे (समुदायबीच) सम्बन्ध।

‘जबजब सरकारहरू सोच्छन् कि हाम्रै सम्बन्ध हुनुपर्छ। तलका सम्बन्धलाई त्याग्नुपर्छ, नजरअन्दाका साथ यस्ता कुरा आउँछन्’, उनको भनाइ थियो, ‘सबैभन्दा सम्बन्धमा माथि आउनुपर्ने समुदाय–समुुदायबीच हो। सरकारले त्यो समुदायको सम्बन्धलाई अगाडि बढाउन भूमिका मात्रै खेल्नुुपर्छ। त्यो नै हाम्रोका लागि ठूलो आशा, विश्वास र भरोसाको कुुरो हो।’

पत्रकार योगेश ढकालले सहजीकरण गरेको सेशसनमा बोल्दै अभिनेत्री मनीषा कोइ।ालाले दुुई देशबीचको सम्बन्धमा विश्वास र सम्मान नभए बलियो नहुने तर्क पेश गरिन्।

‘कुुनै पनि सम्बन्धमा विश्वास र सम्मान भएन भने त्यो बलियो हुुदैन। साथीत्वमा र सम्बन्धमा। विश्वास र सम्मानलाई आधार बनाएर काम गर्नुपर्छ। र त्यो हामी आफूू पनि विश्वासयोग्य बन्नुपर्छ’, उनले भनिन्, ‘हाम्रो पनि चरित्र बलियो हुनुपर्छ। ताकी अरुले हामीलाई विश्वास गर्न सकोस्। हाम्रो आत्मबल नै कमजोर भयो भने अरुले दबाउँछ, प्रयोग गर्छ।’

आफूू भारतमा काम गर्दा कहिल्यै कसैले नहोच्याएको भन्दै भारतीय उदार भएको बताइन्। सिर्जनशील काममार्फत नेपाल भारतको सम्बन्धलाई थप बलियो बनाउन सकिनेमा उनको जोड छ।
‘सिनेमा जगतमा मान्छेहरू अलि धेरै उदार हुन्छन्। त्यो कुरालाई लिएर अगाडि बढ्नुपर्छ। लिटरेचर फेस्टिबल हुँदा उहाँका मान्छेहरू बोलाउनुुपर्ने थियो। अलिकति सम्बन्ध राम्रो राख्नुपर्छ सृजनशील क्षेत्रको माध्यमबाट।’

उनले नेपालले छिमेकी मुलुकबाट फाइदा लिएर अगाडि बढ्नुपर्ने उल्लेख गरिन्। छिमेमा गएर आफ्नो कुरा राख्न सक्ने नेतृत्वको अभाव रहेको उनको भनाइ थियो।

बिपी र महेन्द्रले चीनमा गएर सगरमाथा नेपाल छ भनेर भनेको स्मरण गर्दै मनीषा भन्छिन्, ‘त्यस्तो नेता चाहियो हामीलाई जसले आफ्नो कुरा राख्न सकोस्। त्यहाँ गएर झुक्ने होइन। अर्को मान्छेले पनि तपाईंको तौल कति छ भनेर हेरेको हुन्छ। तिमीलाई सानोतिनो गिफ्ट दिएर लिन सक्छ भने किन दिन्छ सगरमाथा ?’ हिचकिचाहटबिना सत्य बोल्न सक्ने चरित्रको नेता नेपाली राजनीतिमा खाँचो रहेको खुलाइन्।

संवैधानिक राजसंस्था विपिको दृष्टिकोण भएको बताइन्। नेपाललाई स्थायित्वका लागि संवैधानिक राजसंस्थाको आवश्यकता छ भनेको कोइरालाको स्मरण थियो। विपीको मार्गमा हिँडेको भए देश अहिले डगमगाउने अवस्थामा नहुने उनको तर्क छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?