
मुगु – छायाँनाथ रारा नगरपालिका– १ गमगढीमा रहेको आँखा उपचार केन्द्रले नयाँ भवनबाट सेवा दिन थालेको छ। नयाँ संरचनाबाट सेवा सुरू भएपछि बिरामीलाई उपचार लिन सहज भएको छ।
यसअघि पुरानो तथा असुविधाजनक भवनमा उपचार सेवा सञ्चालन हुँदा बिरामीलाई कठिनाइ हुँदै आएको थियो। अब भने नयाँ भवनमा आधुनिक उपकरणसहितको सेवा उपलब्ध भएको छ।
आँखा उपचार केन्द्रका ईन्चार्ज ध्रुब बढ्थापाका अनुसार नयाँ भवनबाट सेवा प्रवाह गर्न थालेपछि दैनिक उपचार गराउने बिरामीको संख्यामा वृद्धि भएको छ।
यसबाट स्थानीयवासीले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने आशा गरिएको छ। दैनिक २० देखि २५ जना आँखाका बिरामीहरू आउने गरेको पनि बुढ्थापाले बताए।