वरिष्ठ मनोचिकित्सक डा‍. निराकारमान श्रेष्ठको ‘मनोस्वास्थ्य तथा मनोरोग’ पुस्तक सार्वजनिक

वरिष्ठ मनोचिकित्सक डा‍. निराकारमान श्रेष्ठको ‘मनोस्वास्थ्य तथा मनोरोग’ पुस्तक सार्वजनिक
+
-

काठमाडौँ – वरिष्ठ मनोचिकित्सक एवं पूर्व स्वास्थ्य सचिव डा. निराकारमान श्रेष्ठको मनोस्वास्थ्य तथा मनोरोग पुस्तक सार्वजनिक भएको छ। डा. श्रेष्ठको उक्त पुस्तक हालै सार्वजनिक भएको हो।

यस पुस्तकमा मानसिक स्वास्थ्य र यसको महत्त्व, मानसिक रुपले स्वस्थ रहने उपाय, मानसिक रोगसम्बन्धी केही आत्मविश्वास तथा गलत धारणा, मानसिक रोगका मोटामोटी प्रकार, जनरलाइज्ड एड्जाइटी डिसअर्डरलगायत विष्यवस्तुबारे प्रकाश पारिएको छ।

त्यस्तै, फोबिक डिसअर्डरदेखि हिस्टेरिया, आत्महत्या, सुस्तमनस्थिति, माइग्रेन, अल्जाइमर्स र नेपालमा मानसिक रोगको उपचारमा देखिएका समस्या र निकारकणबारे पुस्तकमा चर्चा गरिएको छ।

विभिन्न धार्मिक सूक्ति र नीतिशतकका केही दृष्टान्त दिँदै आध्यात्मिक ज्ञानको आधारमा लागुऔषध दुव्र्यसनका विभिन्न पक्षबारे चर्चा गर्दै मनुष्य जीवनमा शान्ति तथा सुख प्राप्त गर्ने तरिका, चञ्चल मनको नियन्त्रण, विपद् रोकथाम तथा विपद व्यवस्थापन दुव्र्यसनको उपचार पद्धतिबारे पुस्तका प्रस्ट पारिएको छ।

डा श्रेष्ठले मानसिक रोगको औषधोपचार गराउँदा बिरामीको हेरचाह गर्ने व्यक्ति तथा परिवारले बुझ्नुपर्ने र ध्यान दिनुपर्ने कुरादेखि मानसिक स्वास्थ्य सेवालाई सुदृढ तथा सशक्त पार्ने उपायबारे उल्लेख गर्दै मानसिक रोगसम्बन्धी केही अन्धविश्वास तथा गलत धारणाबारे बुुँदागत रुपमा प्रस्ट पारेका छन्।

मनोचिकित्सक श्रेष्ठले मनोरोगका प्रकार, अवस्था आदि विषयमा विस्तृत प्रकाश पार्नुका साथै हजारौँ रोगीसँगको आफ्नो अनुभवलाई समेटेर पुस्तकको आकार दिएका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?