राष्ट्रिय सभा बैठक: भूमिबाहेकका ५ अध्यादेश आज निर्णयार्थ प्रस्तुत हुँदै

राष्ट्रिय सभा बैठक: भूमिबाहेकका ५ अध्यादेश आज निर्णयार्थ प्रस्तुत हुँदै
+
-

काठमाडौं- राष्ट्रिसभाको बैठक बिहीबार बस्दै छ। आज दिउँसो सवा १ बजे बस्ने बैठकमा सरकारले जारी गरेका ६ मध्ये ५ अध्यादेश निर्णयार्थ प्रस्तुतको तयारी रहेको छ।

सत्तापक्षीय दलबीच भूमिबाहेकका विधेयक पास गर्ने निर्णय भएसँगै बुधबार बसेको प्रतिनिधिसभाले ती ५ अध्यादेशहरु पास गरिसकेको छ।

आज भने तिनै अध्यादेशहरु राष्ट्रिसभाबाट पारित गर्न लागिएको हो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्नेछन्। यससँगै बैठकमा, सुशासन प्रवद्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ निर्णयार्थ प्रश्तुत हुनेछन्।

सरकारले माघ १८ गते ६ वटा अध्यादेश राष्ट्रिय सभा बैठकमा पेस गरेको थियो। तीमध्ये भूमिसम्बन्धीका लागि जसपा तयार नभएपछि त्यसलाई रोकी त्यसबाहेकका अध्यादेशहरु आज ३४ औं दिनमा निर्णयार्थ प्रस्तुत गर्न लागिएको हो।

आज प्रतिनिधिसभाको बैठक पनि बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूची रहेको छ।

यो पनि: 

प्रतिनिधिसभा बैठक: भूमिबाहेकका ५ अध्यादेश आज निर्णयार्थ पेस हुँदै

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?