१४ लाख ४६ हजार किशोरीले लगाए एचपिभी खोप, पुरुषहरुलाई पनि दिने तयारी

१४ लाख ४६ हजार किशोरीले लगाए एचपिभी खोप, पुरुषहरुलाई पनि दिने तयारी
+
-

काठमाडौँ – १४ लाख ४६ हजार ६ सय १ जना किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने (एचपिभी) खोप लगाएका छन्।

सरकारले माघ २२ गते एचपिभी खोप अभियान शुभारम्भ गरेको थियो। अभियानअन्तर्गत १४ लाख ४६ हजार ६ सय १ जना किशोरीले खोप लगाएको राष्ट्रिय सभाको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बताए।

नेपालको राष्ट्रिय खोप कार्यक्रममा समावेश भएको यो खोप सुरक्षित एवं प्रभावकारी रहेको बताए। लक्षित समूहका किशोरीहरुलाई निःशुल्क उपलब्ध गराइएको बताए।

उनले आगामी वर्ष १० वर्षदेखि उमेरसमूहका कक्षा ६ मा पढ्नेहरुलाई हरेक वर्ष लगाइने बताए। कुल लक्ष्य १५ लाख ६० हजार ८ रहेकोमा ९३ प्रतिशतले खोप लगाएको बताए।

मन्त्री पौडेलले खोपले कुनै साइट इफेक्ट नपरेको दाबी गरे। उनले यो खोप पुरुषहरुलाई पनि दिने गरिएको र १४ वर्ष माथिका किशोरी र महिलालाई पनि दिने गरिएकाले नेपालले पनि अध्ययन गरिरहेको उल्लेख गरे।

उनले नेपालको आफ्नै क्षमताले प्राप्त गर्न कठिन भएका कारण सहयोगी संस्था र मित्रराष्ट्रहरुमार्फत उपलब्ध गर्ने परिस्थिति निर्माण गर्ने काममा लागेको बताए।

उनले भने, ‘हालसम्म उपलब्ध सूचनाहरुको आधारमा तथ्यांक र प्रमाणहरुको आधारमा कुनै साइट इफेक्ट पर्ने कुरा अहिलेसम्म बुझिएको छैन। यो पूर्ण सुरक्षित छ भन्ने नै छ। पुरुषहरुलाई पनि दिने गरिएको छ। यसमा अध्ययन गरिरहेका छौँ। हाम्रै क्षमताले प्राप्त गर्न कठिन भएका कारणले सहयोगी संस्था र मित्रराष्ट्रहरुमार्फत उपलब्ध गर्ने परिस्थिति हुनसक्छ कि त्यसको निम्ति गृहकार्य गरिरहेका छौँ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?