प्रमुख प्रशासकीय अधिकृत विवाद

सरकारलाई बालेनको काउन्टर: गुरागाईँलाई काम गर्न दिन सकिन्न, अर्को व्यवस्था गरियोस्

सरकारलाई बालेनको काउन्टर: गुरागाईँलाई काम गर्न दिन सकिन्न, अर्को व्यवस्था गरियोस्
+
-

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रमुख प्रशासकीय अधिकृतका विषयमा सरकारलाई काउन्टर दिँदै जवाफ फर्काएका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतमा सरोज गुरागाईँलाई काम गर्ने वातावरण बनाइदिन गरेको अनुरोधलाई मेयर शाहले काम गर्न दिन नसकिने भन्दै पत्रमार्फत जवाफ दिएका हुन्।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ पुरानो बसपार्कमा बन्दै गरेको काठमाडौँ टावरको नक्सा पास विवादमा मुछिएपछि उनलाई महानगरले पुस ८ गतेदेखि कार्यालयमा हाजिर हुन दिएको छैन।

बिहीबार मन्त्रालयले महानगरलाई पत्र लेख्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले हाजिर गर्न र काम गर्न नपाएको भन्दै फेरि उनैलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरेको थियो।

मन्त्रालयका शाखा अधिकृत पिताम्बर सारुले पठाएको पत्रमा गुरागाईँले हाजिरी गर्ने वातावरण गराइदिन आग्रह गरेकाले त्यसको सहजीकरण गरिदिन अनुरोध गरिएको छ।

तर मेयर शाहले पत्रको तुरुन्त आजै बिहीबार मन्त्रालयलाई पत्र लेख्दै गुरागाईँलाई काम गर्न दिन नसकिने जवाफ फर्काएका छन्।

त्रुटिपू्ण कार्य गर्ने व्यक्तिलाई हाजिरी गराएमा टावर निर्माणमा प्रभाव पर्ने र कानुनी झन्झट पर्ने भएकाले गुरागाईँलाई हाजिरी गराउन नसकिने जवाफ दिइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?