
काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौं आउने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सवारी प्रवेशमा रोक लगाइको छ।
दिउँसो करिब तीन बजे पूर्वराजा शाह काठमाडौं आउने भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ। विमानस्थलमा टिकट लिएका यात्रुलाई मात्रै प्रवेश अनुमति भएपनि सवारी प्रवेशमा रोक लगाइएपछि यात्रुलाई त्यहाँ पुग्नसमेत कठिनाई भएको हो।
विमानस्थल प्रवेश गर्ने यात्रुलाई हिँडेर प्रवेश गर्नुपर्ने बाध्यता भएको छ। यात्रुहरूलाई मुख्य गेटबाट प्रवेशमा रोक लगाइएको छ। टिकट र ब्याग चेक गरी उनीहरूलाई साइडको गेटबाट भित्र प्रवेश गर्न दिइएको छ।
‘फ्लाइट छुट्नै लाग्दा’ पनि प्रवेश गर्न नदिइएको यात्रुहरूको गुनासो रहेको छ।
तस्बिररहरू:

तस्बिर: चन्दन बस्न्यात ।