भारतले १२ वर्षपछि जित्यो च्याम्पियन्स ट्रफिको उपाधि

भारतले १२ वर्षपछि जित्यो च्याम्पियन्स ट्रफिको उपाधि
+
-

भारतले १२ वर्षपछि च्याम्पियन्स ट्रफिको उपाधि जितेको छ। अपराजित रहँदै च्याम्पियन बन्ने क्रममा भारतले न्युजिल्यान्डलाइ ४ विकेटले पराजित गर्यो। प्रतियोगितामा भारतले अस्ट्रेलिया तथा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हराएर फाइनल प्रवेश गरेका थिए।

कप्तान रोहित शर्माले ९ महिना भित्र दोस्रो महत्वपूर्ण आइसीसी ट्रफि आफ्नो नाममा पारे। यसअघि टी-२० विश्वकपको उपाधि पनि भारतले जितेको थियो। यो उपाधि सँगै भारतले सन् २००० मा न्युजिल्यान्डसँग फाइनल गुमाएको बदला समेत लिन सफल भयो। २५ वर्षपछि भारतले न्युजिल्यान्डलाई च्याम्पियन्स ट्रफिकै फाइनलमा हराउन सफल भएको हो।

च्याम्पियन्स ट्रफि भने यसअघि भारतले २०१३ मा इंग्ल्यान्डलाई ५ रनले हराएर दोस्रो पटक जितेको थियो। भारतको यो समग्रमा तेस्रो च्याम्पियन्स ट्रफिको उपाधि हो। यो सँगै अस्ट्रेलियालाई पछि पार्दै सर्वाधिक धेरै पटक  उपाधि जित्न भारतीय टिम सफल भएको छ। भारतले पहिलो पटक २००२ मा श्रीलंका सँगै जोइन्ट उपाधि जितेको थियो।

आइतबार दुबइ अन्तर्राष्ट्रिय मैदानमा सम्पन्न भएको फाइनलमा न्युजिल्यान्डले दिएको २ सय ५२ रनको लक्ष्य भारतले ६ बल बाँकी हूँदै ६ विकेट गुमाएर पुरा गर्यो। भारतको जितमा कप्तान रोहित शर्माले ७६ रनको शानदार इनिङ खेले। त्यस्तै श्रेयस अय्यरले ४८ रन बनाउँदा अक्षर पटेलले २९ रन बनाए।

त्यस्तै केएल राहुल ३४ रनमा अविजित रहँदा हार्दीक पाण्ड्या १८ रनमा आउट भएका थिए। रविन्द्र जडेजा ९ रनमा अविजित रहे। न्युजिल्यान्डका लागि मिचेल स्यान्टनर र मिचेल ब्रासवेलले २-२ विकेट लिंदा क्याली जेमिसन र रचिन रविन्द्रले समान १-१ विकेट लिएका थिए।

टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रनको सामान्य स्कोर तयार गरेको थियो। उसका लागि ड्यारेल मिचेलले सर्वाधिक ६३ रन बनाए। त्यस्तै मचेल ब्रासवेलले ५३ रन बनाउँदा रचिन रविन्द्रले ३७ रन बनाएका थिए।

त्यस्तै विल योङले १५ रन बनाउँदा केन विलियमसनले ११ तथा ग्लेन फ्लिप्सले ३४ रन बनाए। भारतका लागि वरुण चक्रवर्ती र कुलदीप यादवले २-२ विकेट लिंदा मोहम्मद सामी र रविन्द्र जडेजाले समान १-१ विकेट लिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?