ग्रिन हाउसमा प्याजको बेर्ना उत्पादन गरेर कमाउँदै किसान

ग्रिन हाउसमा प्याजको बेर्ना उत्पादन गरेर कमाउँदै किसान
+
-

हुम्ला – चिसो मौसममा प्याष्टिकको ग्रिन हाउसमा हरियो सागसब्जी उत्पादन गर्नुका साथै प्याजको बेर्ना खेती गरेर किसानले कमाइ गर्न थालेका छन्। प्याजको बेर्ना उत्पादनका लागि ग्रिन हाउसभित्रको तापक्रम उपयुक्त हुने भएकाले खेती गर्न सहज भएको हो।

किसानले नयाँ तरिकाबाट ग्रिन हाउसमा प्याजका बेर्ना उत्पादन गर्न सफल भएको सिमकोट गाउँपालिका– ५ कि किसान गीता रोकायाले बताए। माथिल्लो हुम्लामा चिसोको कारण खाली जग्गामा यतिबेला प्यानका बेर्ना उत्पादनका लागि बीउ छरेमा त्यो उत्पादन हुन नसक्ने अवस्था छ।

उनले आफ्नो ग्रिन हाउसमा छरेको प्याजको बीउबाट बेर्ना राम्रोसंग उत्पादन भई रहेको बताउदै अब समय मै प्याज खेती गर्न संभव रहेको बताए। उनकोे ग्रिनहाउसमा यतिबेला तीस हजार प्याजका बर्ना उम्रिएका छन्। ती मध्य बाह्र हजार प्याजका बेर्ना उनले आफ्नै जग्गामा खेती गर्ने योजना बनाउनु भएको छ भने अठार हजार बेर्ना बिक्री गर्ने तयारीमा रोकाया रहनु भएको छ।

हुम्लामा प्याजको बेर्नाको मुल्य प्रतिबोट एक रुपियाँ पर्ने गर्छ। उनले यो पहिलो लटका बेर्ना एक हप्तामा सार्ने र बिक्री गरि सक्ने र दोस्रो लटमा सबै बेर्ना बिक्रीका लागि लगाईने बताए। अर्की किसान बास्कला रावतले पनि गृहन हाउनमा पचास हजार प्याजका बेर्ना उमारेको बताए।

उनले पनि पन्द्र हजार बेर्ना आफ्नो बारीमा प्याज खेती गर्ने र बाँकी बिक्री गर्ने योजना बनाउनु भएको छ। उनले आगामी असारसम्म तीन लटमा प्याजका बेर्ना उत्पादन गर्ने तयारी गर्नु भएको छ। उनले प्याजका बेर्ना बिक्रीबाट पनि कमाई हुने भएको कारण ग्रिन हाउसमा यो खेती गर्न थालिएको बताए। खार्पुनाथ गाउँपालिका– ४ बृर्खबहादुर रावलले ग्रिन हाउसमा प्याजको बेर्ना खेती उपयुक्त ठहरिएको समयमै स्थानीय प्याज उत्पादन गर्न यो तरिका सहज भएको हो। वर्षेनी पाँच लाखको प्याज उत्पादन गरेर बिक्री गर्दै आउनु भएको छ।

उनले वर्षमा तीन पटक ग्रिन हाउसमा बेर्ना उत्पादन गरेर प्याज खेती गर्दै आएका छन् । ब्यवसायीक प्याज खेती गर्ने किसानले यसरी नै प्याजको बेर्ना उत्पादन गर्ने र बचेको बिक्री गर्ने भएको कारण बेर्ना बिक्री पनि किसानका लागि आम्दानीको श्रोत भएको छ। किसानले आफै प्रयोगमा ल्याएको ग्रिन हाउसमा बेर्ना उत्पादन गर्ने कार्यले सकरात्मक रुपमा लिएको सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले बताए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?