मधेश आन्दोलनकाे सेरोफेरोमा बनेकाे चलचित्र ‘राजागञ्ज’

मधेश आन्दोलनकाे सेरोफेरोमा बनेकाे चलचित्र ‘राजागञ्ज’
+
-

काठमाडौँ- चैत १ गते देखि प्रदर्शनको तयारीमा रहेको सिनेमा राजागंजको बुधबार काठमाडौं कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर शो सम्पन्न भएकाे छ।

प्रिमियर शो हेर्न पुगेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, महिला नेतृ हिसिला यमी, प्रतिनिधि सभा सांसद अमरेशकुमार सिंह, निर्देशक नवीन सुब्बा, लेखक तथा निर्देशक मनोज पण्डित, निर्देशक दीपेन्द्र लामा, अभिनेत्री केकी अधिकारी, रीमा विश्वकर्मा, लुनिभा तुलाधर, शिल्पा मास्के र अभिनेता नाजिर हुसेनलगायतले सिनेमा उत्कृष्ट बनेको प्रतिक्रिया दिएका थिए।

यो सिनेमाले मधेश आन्दोलनको क्रममा उत्पन्न मधेशी र पहाडी समुदायबीच घटित विभिन्न घटना क्रमलाई सुक्ष्म ढंगले देखाइएको प्रतिक्रिया मिलेको छ।

विश्वका प्रसिद्ध सिनेमा महोत्सवमा रिलिज भैसकेको सिनेमाले नेपाली दर्शकमाझ आउनु पूर्व मिलेको प्रतिक्रियाले व्यापारमा समेत फाइदा पुग्ने विश्वास निर्माण टिमलाई छ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ‘राजागंज’ मधेश आन्दोलनको सेरोफेरोमा निर्माण भएको र आफू त्यसको प्रत्यक्ष साक्षी भएको नाताले यो सिनेमा धेरै वस्तुवादी र तथ्यपरक भएको बताए।

‘मलाई दुख के लाग्यो भने जुन सिनेमामा आज हामीले हेर्न पायौं पूर्ण रुपमा, त्यसका केही महत्वपुर्ण अंशहरु काटिएको छ भन्ने सुनेँ। मैले बुझेअनुसार अब कति काटिएको हो, तर त्यो मुख्य अंश काटिएको हो भने त्यो त सिनेमाको टाउकै काटिए जस्तो हुन्छ,’ पूर्वप्रधानमन्त्री भट्टराईले भने।

महिला नेतृ हिसिला यमील राजागञ्ज उत्कृष्ट बनेको प्रतिक्रिया दिइन्। ‘यो सिनेमामा जो मुख्य पात्र दयाहाङ राईको रूपमा एउटा जनजातिको मान्छे नगएको भए, त्यो सिनेमामा फेरि एउटा आर्य कास्टको पात्र पनि छ। ती सवै समग्र पात्रले एउटा सेन्सेटिभ विषय, एउटा उत्पीडन, एउटा आमाको बच्चा पाउने अधिकार माथि जुन एउटा कुठाराघात भयो, अनि एउटा जन्मिन लागेको बच्चा नजन्मिँदै उसको कर्डलाई काट्यो भने के हुन्छ? त्यस्तै तपाईहरुको सिनेमालाई पनि कसैले सेन्सर गर्‍यो भने त्यो बच्चा जन्मिँदैन। त्यसको भाव सवै मर्छ भन्ने मेरो भाव हो। त्यसैले राजागंज जस्तो सिनेमाको कुनै पनि दृश्य नकाटी रिलिज गरिनु पर्छ,’ नेतृ यमीले भनिन्।

यस्तै, अभिनेत्री केकी अधिकारी र रीमा विश्वकर्माले पनि सिनेमा राम्रो बनेकाले सम्पुर्ण नेपाली सिनेमाप्रेमी दर्शकलाई ‘राजागंज’ हर्ने सिफारिस गरे।

अनि अभिनेत्री लुनिभा तुलाधरले हिरो पुरुष मात्रै नहुने उल्लेख गर्दै त्यसको उमेर तथा रंगले केही पनि फरक नपार्ने बताइन्। उनले राजागञ्ज सुन्दर बनेको भन्दै हल गएर निर्धक्क हेर्न आग्रह गरिन्। अभिनेता नाजिर हुनेनले पनि मधेश आन्दोलनको कथा उत्कृष्ट रहेको भन्दै जति मधेशी र पहाडीबीच विभेद छ, त्यति नै मधेशी मेधेशीबीच पनि विभेद रहेकाले त्यस्ता कुरालाई अन्त्य गर्न आवश्यक रहेको बताए। यो सिनेमाले यस्ता कुरालाई सुन्दर ढंगले प्रस्तुत गरेकाले पनि राजागंज हेर्नै पर्ने सिनेमा रहेको उनको भनाइ छ।

सिनेमाका मुख्य अभिनेता दयाहाङ राईले सिनेमाका विभिन्ने लेयर हेर्न पाउने बताए। ‘आज जति जनाले पनि हेर्नु भएको छ, सबैले राम्रो प्रतिक्रिया दिनु भएको छ । शुक्रबारबाट रिलिज हुँदैछ। आशा गारौं दर्शकलाई पनि मन पर्नेछ,’ उनले भने।

सिनेमाकी मुख्य अभिनेत्री आशा मगरातीले आफुले प्रिमियर शोमा सिनेमा भन्दा पनि अडियन्सको रियाक्सन हेरिरहेको बताइन्। ‘दर्शक कुनै कुनै मौकामा हाँस्नु हुन्छ। त्यो देख्दा निकै खुशी लाग्यो,’ उनले भनिन्।

निर्देशक दीपक रौनियारले सिनेमा सेन्सर झमेलामा केही दुख लागे पनि अहिले प्रिमियर शोमा मिलेको प्रतिक्रियाले खुशी मिलेको बताए। ‘आफूले देखाउन खोजेको सबै कुरा दर्शकलाई शुक्रबारबाट देखाउन नपाउने हुँदा केही दुख त अवश्य लाग्छ। तर, हामीले जेजती देखाएका छौं दर्शकलाई मन पर्छ होला भन्ने अपेक्षा छ,’ उनले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?