गणतान्त्रिक नेपालका शीर्ष नेताहरूलाई गिज्याइरहेको यो अलपत्र भवन

गणतान्त्रिक नेपालका शीर्ष नेताहरूलाई गिज्याइरहेको यो अलपत्र भवन
+
-

झापा- झापाको सदरमुकाम चन्द्रगढीमा अलपत्र अलपत्र अवस्थामा रहेको गिरिजाप्रसाद कोइराला स्मृति सभागृह राजनीतिक द्वन्द्वका कारण कहिले निर्माण सम्पन्न हुने भन्ने अझै टुंगोमा पुग्न सकेको छैन।

तत्कालीन सात राजनीतिक दल तथा तत्कालीन नेकपा माओवादीका शीर्ष नेताहरूले एक साथ शिलान्यास गरेको भवन निर्माणको काम अहिलेसम्म पचास प्रतिशत पनि भएको छैन। शिलान्यास गर्नेमध्ये नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको निधन भइसकेको छ।

गणतन्त्र नेपालको स्मृतिमा निर्माण थालिएको गिरिजाप्रसाद कोइराला स्मृति सभागृह (जीपी भवन)को निर्माण कार्य रोकिएको बर्षौं भइसकेको छ।

२०७२ साल असारमा २ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का लागेर निर्माणको काम थालिएको थियो । २०७४ सालमा भएको स्थानीय, प्रदेश तथा संघीय निर्वाचनपछि बनेका सरकारकै कारण म्याद थपमा आनाकानी भएको स्थानीयबासी बताउँछन् ।

उक्त भवन निर्माणको काम करिब ५० प्रतिशत भइसक्दा भवन निर्माणको ठेक्का पाएको निर्माण कम्पनीले भने ८० प्रतिशत रकम लगिसकेको देखिन्छ।

भवन निर्माणको म्याद सकिएको ५ वर्षपछि यही अधुरो भवनको संरचनालाई भजाएर निर्वाचनमा काँग्रेस, कम्युनिष्ट र राजतन्त्र पक्षधरहरू मतदाताका घर आँगनमा पुगे। तर, उक्त भवनको निर्माणको कामले अहिलेसम्म पूर्णता पाएन।

सबै दलका नेताहरू भन्छन्, ‘यो भवन पहिला नै बनिसक्नु पर्ने हो। यसमा राजनीतिक दलका शीर्ष नेताहरू गम्भीर बन्नु पर्छ।’ केही दिन अघि एक कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले सार्वजनिक मञ्चबाटै काँग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलालाई भवन निर्माणको काम तुरुन्त सम्पन्न गरिदिन ध्यानाकर्षण गराएका थिए।

उनले भनेका थिए, ‘हामी राजनीति गर्ने मान्छेलाई लाज भइसक्यो।’

जीपी भवन निर्माणको वातावरण बनाउन माग राख्दै भद्रपुरका राजनीतिक, सामाजिक व्यक्तिहरूदेखि नगरप्रमुख, जिसस प्रमुखसमेतले पटक-पटक प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको भए पनि अलपत्र परेको भवन सम्पन्न गर्न कसैको पनि ध्यान पुगेको छैन।

तत्कालीन स्थानीय विकास मन्त्रालयको आर्थिक सहयोगमा जिल्ला विकास समितिमार्फत निर्माण थालिएको हो । बाँकी काम पूरा गर्न बजेटको सुनिश्चितता नभएको, माथिल्लो निकायले आदेश नदिएकोले पनि भवन निर्माण कार्य पूरा हुन कठिन देखिएको जिल्ला समन्वय समितिका पदाधिकारीहरू बताउँछन् ।

भवन निर्माण कार्यको जिम्मा प्रेरा–शाह जेभी निर्माण कम्पनीले १२ करोड ७२ लाख ६९ हजार रूपैयाँको लागतमा निर्माणको ठेक्का लिएको थियो । दुई वर्षभित्र अर्थात् २०७४ असोज २८ गतेसम्म भवनको काम सम्पन्न गरिसक्नुपर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ । निर्माणाधीन भवनको लम्बाई ५३ मिटर र चौडाइ ३४ मिटर हुने समेत सम्झौतामा उल्लेख छ ।

स्थानीयबासी भन्छन्, ‘गणतान्त्रिक नेपालका सबैले मान्ने नेताको नाममा निर्माण थालिएको अलपत्र भवनले गणतन्त्र नेपालका शीर्ष नेताहरूको चरित्र उदाङ्गो बनाइदिएको छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?