नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलाई प्रश्न– जनमतसँग पार्टी एकतापछि अध्यक्ष तपाईं कि सिके राउत?

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलाई प्रश्न– जनमतसँग पार्टी एकतापछि अध्यक्ष तपाईं कि सिके राउत?
+
-

काठमाडौँ– दुई फरक भूगोलबाट उदाएका दुई पार्टी मधेसको जनमत पार्टी र सुदूरपश्चिमको नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच एकताको तयारी अन्तिम चरणमा पुगेको छ। जनमत पार्टीले नाउपासँग एकीकरणका लागि फागनु २४, २५ र २६ गते बसेको केन्द्रीय कमिटी बैठकबाट कार्यदल बनाएको थियो।

नाउपाले चैत ८ र ९ गते बसेको केन्द्रीय कमिटीको बैठकबाट जनमतसँग पार्टी एकताका लागि कार्यदल बनाएको छ। नाउपाले कार्यदल बनाएसँग दुवै पार्टीले यी दुई कार्यदललाई पार्टी एकताका लागि १५ दिन छलफल गर्न र सुझाव पेश गर्न समय दिएका छन्।

जनमत र नाउपाबीच पार्टी एकता हुनुपूर्व यी दुवै दलभित्र पार्टी एकता गर्न हुने र नहुने विवाद देखिन्छ। नाउपाकै अध्यक्ष रञ्जिता श्रेष्ठ पहिले पनि पार्टी एकताको पक्षमा थिइनन्। पार्टी संरक्षक रेशमलाल (रेशम) चौधरी र जनमतका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतबीच पार्टी एकताका लागि छलफल भएपछि अहिले दुवै पार्टी औपचारिक छलफलमा प्रवेश गरेका छन्।

अब एकता भइसकेपछि पार्टी नेतृत्व कसले गर्ने भन्नेमा विवादे देखिएको छ। जनमतमत पार्टीका नेताहरूले डा. राउतको विकल्प नभएको बताउँदै आएका छन्। नाउपाभित्र पनि पार्टीको नेतृत्व रञ्जिताले छाड्न नहुने बताउने गरेका छन्।

आज हामीले दुई पार्टीको एकतापछि पार्टीको नेतृत्व कसले गर्छ? एकता गर्नुपर्ने अवस्था किन आइलाग्यो?लगायत विषयमा प्रतिनिधिसभा सदस्य तथा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग कुराकानी गरेका छौँ।

प्रस्तुत छ श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश: 

नागरिक उन्मुक्ति पार्टीको उदय फरक भूगोलबाट छ। जनमत पार्टीको उदयको भूगोल फरक छ। अहिले आएर तपाईंहरू पार्टी एकताका लागि छलफलमा हुनुहुन्छ। के बाध्यताले एकतामा पर्‍यायो?

निश्चय नै हाम्रो उदयको पृष्ठभूमि एक छैन। जनमत मधेशबाट उदाएको पार्टी हो। हामी (नाउपा) सुदूरपश्चिमबाट उदायका हौँ। अहिले एकता गर्नुपर्ने बाध्यता खास केही होइन। अहिले निर्वाचन आयोगले थ्रेस होल्डको विषय निकालिरहेको छ। त्यसकुरालाई हेरेर पनि हामी एकता गर्न लागेका हौँ।

र, अर्को आफ्नो वैचारिक सिद्धान्त मिल्ने पार्टीसँग एकता गरेर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो पार्टीको विधानमा पनि लेखिएको छ। त्यसअनुसारले नै हामीसँग सिद्धान्त मिल्ने जनमतसँग एकता गर्न लागेका हौँ।

तपाईं आफै पार्टी एकता गर्न इच्छुक देखिनु भएको थिएन। पार्टीभित्र पनि एकता गर्ने र दुवै आवाज देखिन्छ। तपाईंको इच्छाविपरीत एकता हुन लागेको हो?

सुरुमा पार्टी संरक्षकज्यू (रेशम चौधरी)नै एकताका लागि अगाडि बढ्नु भएको हो। उहाँ पार्टी एकताका लागि अगाडि बढ्दा मसँग छलफल भएको थिएन। त्यसले गर्दा मैले म अहिले पार्टी एकताका लागि तयार छैन भनेकी हुँ।

ततपश्चात मेरो माननीय सिके राउत (जनमत पार्टीका अध्यक्ष)सँग दुई पटक छलफल भयो। छलफलबाटै हाम्रो मुद्दाहरू मिल्ने भएकाले पार्टी एकता गर्ने कुरा चलेको थियो। अनि हामीले शनिबार र आइतबार (चैत ८ र ९ गते) दुई दिन पार्टीको केन्द्रीय कमिटीको बैठक बसी पार्टी एकताका लागि कार्यदल गठन गरेर आधिकारिकता दिएका छौँ।

पार्टी एकता गर्नुपर्ने कारणमा एउटा थ्रेस होल्डको डरले रहेछ। बाँकी अन्य कारण पनि छन् कि?

एउटा कारण थ्रेस होल्ड हो। त्यसबाहेक बाँकी कारणहरू छैन।

दुई पार्टीबीचको एकतामा विशेष गरेर पदको विषयमा निकै टकराब हुने गर्छ। एकता भयो भने पार्टी नेतृत्व तपाईंले गर्ने कि सिके राउतले?

पार्टी एकता गरेर जाने भएपछि पदका सवालमा विवाद देखिन्छ। एकले अर्कोलाई स्वीकार गर्न नसकेको अवस्था पनि रहन्छ। तर म भन्छु, पार्टी एकता गर्ने हो भने एकले अर्कोलाई स्वीकार गर्नै पर्दछ। एकता गरेर अगाडि बढ्नुनै छ भने त ऊ भन्दा माथि भयो म तल भएँ भनेर हुँदैन।

‘यो पनि– घरको जग हल्लाएर’ जनमत र नाउपाको एकीकरणको तयारी

म तल भएँ। ऊ माथि भयो भन्ने हो भने त पार्टी एकताको कुरै नगरे नि हुने थियो। जनमत पार्टी एक जना माननीयज्यू प्रत्यक्षमा जितेर आए पनि राष्ट्रिय पार्टी हो। हामी प्रत्यक्षमा चार जना भए पनि राष्ट्रिय पार्टी हुन नसकेको अवस्थामा हामी एउटा राष्ट्रिय पार्टीसँग एकता गर्दै गर्दा कतिपय कुरामा उहाँहरूले, कतिपय कुरामा नागरिक उन्मुक्ति पार्टीले छाड्नुपर्छ।

त्यो कुरामा हामीले कुरा पनि गरिसकेका छौँ। र एकतापछि कसले नेतृत्व गर्ने भन्नेमा अहिलेसम्म हामीले कुनै पनि छलफल गरेको छैनौँ। छलफल भएपश्चात भोलिका दिनका लागि जे गर्दा हामीले जनताको मनोभावना बुझेर हामी अगाडि बढ्न सक्छौँ, त्यही गर्छौँ।

सिके राउतलाई अध्यक्ष बनेर जानका लागि केही समस्या छैन तपाईंलाई?

एकता नै गरेर जाने भएपछि उहाँलाई अध्यक्ष मानेर जाने विषयमा मलाई समस्या हुँदैन।

दुई वटा अध्यक्ष बनाएर जाने भन्ने पनि कुरा चलेको थियो नि?

दुई वटा अध्यक्ष बनाएर जाने भन्नेमा पनि हामीले छलफल गरेका हौँ। त्यही कुराकानीकै क्रममा हाम्रो निर्वाचन आयोगबाट अर्को त्यस्तै कुरा बाहिर आयो। संशोधन गर्न थालिएको राजनीतिक दल सम्बन्धि ऐनमा कुनै पनि पार्टीको दुई वटा अध्यक्ष नहुने भन्ने कुरा निकालिएको छ र त्यसैकुरालाई हामीले छलफलमा ल्याएका थियौँ।

यदि निर्वाचन आयोगले नै दुई अध्यक्ष नस्वीकार्ने अवस्थामा हामीले जबर्जस्ती गरेर जानेभन्दा पनि के गरेर अगाडि बढ्न सकिन्छ सोहीअनुसार अगाडि बढ्ने भन्ने छ।

पार्टी एकता कहिलेसम्म गरिसक्नुहुन्छ?

पार्टी एकता हुन समय लाग्छ होला। पार्टी एकता भनेपछि नयाँ विधानहरू तयार गर्नुपर्ने हुन्छ। र पार्टी एकताका लागि बनाइएको दुवै पार्टीको कार्यदलले १५ दिनमा बैठक बसेर हामीलाई एउटा निर्णय बुझाउनुहुन्छ, त्यसपश्चात जनमतका अध्यक्ष माननीय सिके राउतजी र हामी बसेर पार्टी एकताका लागि मिति तय गर्छौँ।

नेपालमा पार्टी एकता टिकेको अवस्था छैन। तपाईंहरूमाथि पनि कति दिन नै टिक्ला र भन्ने प्रश्न छ नि?

मलाई जहाँसम्म लाग्छ जनमत पार्टी मधेशबाट र नागरिक उन्मुक्ति पश्चिम सुदूरपश्चिमबाट नयाँ शक्तिका रुपमा उदाएको पार्टी हो। यी दुवै पार्टीको फरक–फरक ठाउँमा आफ्नो बर्चस्व छ। हामी मिलिसकेपछि मलाई लाग्दैन, हामी फेरि छुट्टिन्छौँ। मिलिसकेपछि फेरि छुट्टिने नहोस् पनि भन्न चाहन्छु। लाग्छ- हामी मिलेर नै अगाडि बढ्छौँ। एकले अर्कोलाई स्वीकार गर्न दुवै पार्टीले सक्नुपर्छ। त्यसो भयो भने फुट्छ भन्ने लाग्दैन मलाई।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?