
सिमकोट – हुम्लामा उत्पादित सात वटा स्थानीय रैथाने बालीको मूल्य निर्धारण गरिएको छ। जिल्ला प्राथमिक खरिद समितिको बैठकले यस आर्थिक वर्षका लागि सात प्रकारका रैथाने बालीको मूल्य निर्धारण गरेको हो।
समितिको बैठकले हुम्ला जिल्लामा उत्पादित रैथाने बालीमध्ये सात वटाको मूल्य निर्धारण गरेको छ। अघिल्लो वर्षभन्दा रैथाने बालीको मूल्य पाँचदेखि दश रुपैयाँ प्रतिकेजी वृद्धिसमेत गरिएको छ।
नयाँ निर्धारण भएको मूल्यअनुसार चिनोको चामल प्रतिकेजी १८० रुपैयाँ निर्धारण गरिएको छ।
त्यसैगरी कागुनोको चामल प्रतिकेजी १८० रुपैयाँ, सिमी प्रतिकेजी १७० रुपैयाँ, तिते फापर प्रतिकेजी एक सय रुपैयाँ, मिठे फापर प्रतिकेजी १२० रुपैयाँ, उवा प्रतिकेजी १२० रुपैयाँ र कोदो प्रतिकेजी एक सय रुपैयाँ मूल्य निर्धारुण गरिएको छ।
यसमा चिनो, कागुनो र तिते फापरमा प्रतिकेजी पाँच रुपैयाँ मूल्य बृद्धि गरिएको छ भने सिमीमा प्रतिकेजी दश रुपैयाँ मूल्य बृद्धि गरिएको छ। नयाँ निर्धारण भएको मूल्यअनुसार अव खरिद बिक्री सुरु हुनेछ। यी सबै रैथाने बालीको खाद्यान्न खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले गाउँपालिकासंग सम्झौता गरेर खरिद गर्ने र काठमाडौं ढुवानी गरेर बिक्री गर्ने गरेको छ।
यसरी हुम्ला जिल्लामा रैथाने बालीको आधिकारिक रुपमा मूल्य निर्धाणर गरिएको तेस्रो वर्ष हो। यसअघि मूल्य निर्धारण बिनै खरिद बिक्री हुने गथ्र्यो ।