प्रजिअसहितको टोलीले गर्‍याे सोरू र खतेडमा अनुगमन

प्रजिअसहितको टोलीले गर्‍याे सोरू र खतेडमा अनुगमन
+
-

मुगु – जिल्ला समन्वय समितिका संयोजक मन्जनबहादुर कार्कीको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षा निकायका प्रमुख र पत्रकारको टोलीले सोरू र खतेड गाउँपालिकामा अनुगमन गरेको छ।

अनुगमनका क्रममा टोलीले सोरूका कालै र पुरूमुरूका र खतेडका रातापानी, गम्था र बुगामा रहेका एसईई परीक्षा केन्द्रको निरीक्षण गर्दै परीक्षाको सुरक्षा, पारदर्शिता तथा व्यवस्थापनबारे जानकारी लिएको छ।

प्रमुख जिल्ला अधिकारी कमल प्रशाद पाण्डेले परीक्षा केन्द्रहरूमा आवश्यक निगरानी बढाउन निर्देशन दिँदै परीक्षामा कुनै पनि किसिमको अनियमितता हुन नदिन सबै पक्षलाई सचेत गराएका छन्।

त्यसैगरी, विकास निर्माणका कार्यहरूको अवस्थाबारे पनि स्थलगत अध्ययन गरिएको छ। अनुगमन टोलीले गाउँपालिकाभित्र भइरहेको सडक विस्तार, विद्यालय र क्याम्पस भवन निर्माण, बिद्युत, प्रहरी चौकीबाट हुने सेवा प्रवाह तथा पुल–पुलेसा बाढी पहिरोले क्षति पुर्‍याएको सडक, आयआर्जनका लागि भेटेरेनरी तथा पशुअस्पताल दारा बितरण गरिएका बाख्रा र खोर , उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयबाट परम्परागत आरन ब्यबसाय तालिम र लुगासिलाई तालिम अन्य सामाजिक विकास कार्यालय बाट रातापानीमा क्याम्पस भवन लगायतका पुर्वाधारहरू सम्बन्धी योजनाको समीक्षा गरेको छ।

कतिपय योजना निर्धारित समयसीमा भन्दा ढिला हुने सम्भावना देखिएको हुँदा निर्माण कार्यलाई तीव्रता दिन सम्बन्धित न जिम्मेवार निकायलाई निर्देशन दिइएको छ। भने जनताहरूका गुनासाहरूको समेत सुनुवाई गरेको छ।

स्थानीय बासिन्दाले अनुगमन टोलीलाई गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग, ढिलाइ भएको विकास योजना तथा एसईई परीक्षासँग सम्बन्धित केही समस्या बारे जानकारी गराएका छन्। अनुगमन टोलीले ती समस्याकाे समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने प्रतिबद्धता जनाएको छ।

सोरू र खतेड गाउँपालिकाका जनप्रतिनिधिले पनि अनुगमनलाई स्वागत गर्दै यसबाट जिल्लाको शैक्षिक र भौतिक विकास कार्यहरू थप प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।

 

अनुगमन टोलीमा प्रहरी नायब उपरीक्षक सरोज गिरी, सामाजिक विकास कार्यालयका प्रमुख टोपबहादुर बुढा, सशस्त्र प्रहरी नायब उपरीक्षक नवराज विक्रम कुँवर, राष्ट्रिय अनुसन्धानका प्रमुख होमराज रेग्मी, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख टंकप्रसाद नौपाने, भेटेरिनरी तथा पशु अस्पतालका प्रमुख भीमचन्द्र बुढा, समन्वय अधिकारी धनराज कार्की, पत्रकार महासंघका संस्थापक अध्यक्ष बिनोद कुमार मल्ल, निवर्तमान अध्यक्ष नृपेन्द्र बहादुर मल्ल, शिक्षक महासंघका सचिव मोहन कुमार मल्ल, खतेड गाउँपालिका शिक्षा अधिकृत नरेश बहादुर शाहीलगायत सहभागी थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?