
काठमाडौँ- समाजावदी मोर्चाले आज भृकुटीमण्डमा प्रदर्शन गर्दैछ। राजतन्त्र पक्षधरलाई काउण्टर दिन र सरकारको बेथितिकाविरुद्धमा उनीहरूले प्रदर्शन गर्न लागेका हुन्।
अहिले प्रदर्शनस्थल भृकुटीमण्डपमा प्रदर्शनमा सहभागी हुनका लागि आएकाहरू जम्मा हुँदैछन्।
भृकुटीमण्डपमा समाजवादी मोर्चाको र तीनकुनेमा राजतन्त्र समर्थकहरूले प्रदर्शन गर्दैछन्।
काठमाडौँमा हुने दुई वटा प्रदर्शनलाई लिएर सुरक्षा व्यवस्था कडा पारिएको छ।
थप तस्बिरहरू: