वीरगञ्ज – अस्पतालमा बम राखिएको भन्दै डाक्टरलाई धम्की दिएर फिरौती माग्ने एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कलैया उपमहानगपालिका-५ घुसुकपुर बस्ने मदन मिश्र रहेका छन्।
पक्राउ परेका मिश्रले आफ्नै टोलमा रहेको ए प्लस अस्पतालमा बम राखिएको भनेर सोही स्थानका डा. विकेशकुमार पाण्डेयलाई पटक–पटक फोन गरी २० लाख रुपैयाँ फिरौती मागेको प्रहरीले जानकारी दिएको छ।
अनुसन्धान गर्दै जाँदा धम्क्याउने उनलाई विशेष प्रहरी टोलीले कलैया-१० शिवपुर चिउटाहाबाट पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी विजय राज पण्डितले जानकारी दिए।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































