
वीरगञ्ज- आठ किलो अफिमसहित दुई जना बाराबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर, हेटौँडा उप-महानगपालिका-१२ बस्ने मिलन र गोपाल प्रसाद गौतम रहेका छन् ।
जीतपुर सिमरा उप-महानगरपालिका-१ स्थित बा प्र -०१-०२९ च ५४१४ नम्बरको कारलाई चेकजाँच गर्दा कारबाट आठ किलो २५२ ग्राम अफिम सशस्त्र प्रहरीको टोलिले बरामद गरेको थियो ।
अफिम बरामद भएपछि दुवैजनालाई कारबाहीका लागि सशस्त्रले जिल्ला प्रहरीमा बुझाएको बाराका प्रहरी प्रवक्ता डिएसपी विजय राज पण्डितले जानकारी दिए ।