
मुगु – मुगु जिल्लाको खत्याड गाउँपालिका–५ स्थित कवा गाउँमा रहेको धार्मिक तथा ऐतिहासिक महत्वको कवा दारे मष्टो
प्रचार ,प्रसार बिना ओझेलमा परेको छ।
खत्यातड गाउँपालिका वडा नं ५ कवा गाउँमा रहेको उक्त मष्टो थान सरोकारवाला हरूको उदासिनताले ओझेल पर्दै गएको हो। पुरातात्तिक महत्व रहेका पुराना संरचना भत्काएर सिमेन्ट टालटुल पारेर थानको ऐतिहाँसिक महत्वको पुरातात्तिक अस्थित्व मेटाईएको छ।
यश दारे मष्टाको थानमा वर्षमा तीन पटक विशेष पूजा तथा मेला लाग्ने गरेको छ। साउन, माघ र कात्तिक महिनामा गरिने विशेष पूजाका लागि मध्य र सुदूरपश्चिमका विभिन्न जिल्लाबाट भक्तजनहरू आउने गरेको स्थानियले बताएका छन्।
भाकल गरिएको मनोकामना पूरा भएपछि श्रद्धालुहरूले घोडा, भेडा, नगद, सुनजस्ता सामग्री चढाउने परम्परा रहेको छ। स्थानीय समजसेवी धौला रोकायाका अनुसार अन्यायमा परेकाहरूले न्याय पाउनुकासाथै यस मष्टो देवता बाट भाकल गरेका कुराहरू पूरा हुने विश्वासले पनि यस मष्टो थानमा पुजा लाग्ने महिनामा भक्तजनहरूको भीड लाग्ने गरेको पनि रोकायाको भनाई रहेकोछ।’ उहाँका अनुसार अन्यायमा परेका लाई सामाजिक न्यायदिने , मनले चितायको पूरा हुने बिश्वासले टाढा, टाढा बाट श्रदालुहरू यहाँ आउने गरेका छन्।ू
कवा गाउँका स्थानिय एवं पेसाले इन्जिनियर धनसिंह रोकायाका अनुसार यो थान बाहिरबाट सामान्य देखिए पनि यसको शक्ति र प्रभाव भने अत्यन्तै ठूलो रहेको छ। अहिले थानको परम्परागत संरचना बिगारे पनि पुन यस मन्दिरलाई सुधार गरि पुरानै शैलीमा निर्माण गर्न पहल गर्ने योजनामा आफ्नो रहेको छ।’