अस्पतालमा उपचार गर्न आउने बिरामीको संख्या बढ्यो

अस्पतालमा उपचार गर्न आउने बिरामीको संख्या बढ्यो
+
-

हुम्ला – जिल्ला अस्पतालमा उपचार गर्न आउने बिरामीको सङ्ख्या बढेको छ। मौसम परिबर्तनसंगै मौसमी फ्लु र दमका बिरामी उपचार बढेपछि अस्पताल र स्वास्थ्य संस्थामा आउने सङ्ख्या बढेको हो।

दमको ब्यथाले च्यापेपछि पाँच दिनदेखि अस्पतालमा उपचार गराई रहेकी सिमकोट गाउँपालिका– ७ की चाखुरी बिकले बिराम बढ्दै गएको बताईन। उनले स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालमा भर्ना भएर उपचार गराई रहेकी। बिराम सन्चो हुने नदेखिएपछि अझै कति दिन अस्पतालमा वस्नु पर्ने हो यसै भन्न नसकिने बिकले । हाल अस्पतालमा उनी लगाएत अरु दश जना बिरामीहरु उपचाररत रहेका छन्।

अस्पतालमा भर्ना भएका बिरामीमध्ये एक जना हात भाँचिएको र अरु सबै दम, निमोनिया र मौसमी फ्लुका बिरामी छन्।
दुई हप्तायता अस्पताल आउने बिरामीको सङ्ख्या बृद्धि भई रहेको स्वास्थ्य सेवा कार्यालयकी प्रमुख एवं चिकीत्सक प्रतिक्षा भारतीले बताईन। यतिबेला उनले बिशेष गरि दम, मौसमी रुघाखोकी, निमोनिया, ढाड, घाटी दुख्ने बिरामीहरु बढी आई रहेको बताइन्। पन्द्र शैयाको अस्पतालमा दैनिक बेड भरिभराउ हुने गरेकाे छ।

आईतबार र बुधबार एक सय भन्दा बढी बिरामी उपचारका लागि अस्पताल आउने र अन्य दिनमा चालीसदेखि पचास जना बिरामी आएर उपचार गराई रहेका छन्। अस्पतालले अलि जटिल बिरामीलाई अस्पतालमा भर्ना गरेर उपचार गर्ने गरिएको र सामान्यलाई उपचार पनि औषधी दिएर घर फिर्ता पठाउने गरिएको छ।

बिरामीहरु उपचारका लागि आउने सङ्ख्या बढेपछि चिकीत्सकहरुलाई ओपिडीमा उपचार गर्न पनि भ्याई नभ्याई हुने गरेको हो। चिसौ मौसम र धुँवाधुलोको कारण पनि मौसमी फ्लुका बिरामीहरु बढी रहेको कारण सबैले सावधानी अपनाउन अस्पतालले आग्रह गरेको छ। यो मौसम नै यस्तै भएको कारण ब्यक्तिगत रुपमा सावधानी अपनाउनु आवश्यक देखिएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?