रारा बहुमुखी क्याम्पस स्ववियु सभापतिमा नेविसंघकी जयलक्ष्मी रावल विजयी

रारा बहुमुखी क्याम्पस स्ववियु सभापतिमा नेविसंघकी जयलक्ष्मी रावल विजयी
+
-

मुगु – मध्यपश्चिमाञ्चल विश्वविद्यालयअन्तर्गत स्ववियु निर्वाचनमा रारा बहुमुखी क्याम्पस, मुगुमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सभापति पदसहित उल्लेखनीय जित हासिल गरेको छ।

सोमबार सम्पन्न निर्वाचनमा जम्मा १७२ मतदाता रहेकोमा १४५ मत खसेको थियो। जसमा नेविसंघकी सभापति उम्मेदवार जयलक्ष्मी रावलले ७३ मत प्राप्त गर्दै विजयी भइन्। उनका प्रतिद्वन्द्वी अनेरास्ववियु र अखिल क्रान्तिकारीका साझा उम्मेदवार रविन्द्र मल्लले ४८ मत प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार सुशील मल्लले १७ मत पाए।

अन्य पदहरूमा पनि रोचक प्रतिस्पर्धा देखियो। अखिल क्रान्तिकारीका सचिव उम्मेदवार औसरा बुढाले ११० मत प्राप्त गरी विजयी भइन्। नेविसंघका कोषाध्यक्ष उम्मेदवार पञ्चलक्ष्मी सेजुवालले ७६ मत प्राप्त गर्दै जित हात पारिन्। सदस्य पदमा अखिल क्रान्तिकारीका मनोज शाही ६७ मतसहित विजयी भए भने अनेरास्ववियुकी रेखा कार्कीले ६३ मत प्राप्त गरिन्।

निर्वाचन अधिकृत लालकेशर रोकायाका अनुसार समानुपातिक मत गणनामा अखिल क्रान्तिकारीले ९ मत, अनेरास्ववियुले ६५ मत, नेविसंघले ५८ मत र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले ६ मत प्राप्त गरेका छन्। ७ मत बदर भएको छ।

स्ववियु निर्वाचनमा अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच गठबन्धन रहेको थियो भने नेविसंघको असन्तुष्ट समूहले स्वतन्त्र उम्मेदवारी दिएको थियो। निर्वाचनपछि विजयी उम्मेदवारहरूले विद्यार्थीहरूको हकहितका लागि प्रतिबद्ध भएर काम गर्ने बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?