सर्वोच्चको निर्णयपछि डा. केसीको आक्रोश- ‘म प्रधानन्यायाधीशलाई निकालेरै छोड्छु’

सर्वोच्चको निर्णयपछि डा. केसीको आक्रोश- ‘म प्रधानन्यायाधीशलाई निकालेरै छोड्छु’
+
-

काठमाडौँ- चिकित्सा शिक्षा क्षेत्रमा व्याप्त भ्रष्टाचार विरोधी अभियानका अग्रणी डा. गोविन्द केसीले अबको आन्दोलन सर्वोच्च अदालत र त्यसको नेतृत्वबिरुद्ध हुने घोषणा गरेका छन्।

प्रधान न्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासको आइतबार चार वर्षअघि डा. केसीको आन्दोलनका कारण चिकित्साशास्त्र अध्ययन संस्थानका डिनको पदबाट हटाइएका डा. शशि शर्मालाई पुनर्स्थापना गर्ने निर्णयपछि आक्रोशित डा. केसीले यस्तो घोषणा गरेका हुन्।

देशसञ्चारसँग कुरा गर्दै डा. केसीले न्यायपालिका तथा त्यसको नेतृत्व माफियाको मतियार भएको आरोप लगाउँदै अबको आन्दोलन न्यायपालिका शुद्धीकरणका लागि हुने बताए।

‘न्यायपालिकामा पैसाको चलखेल र दलीय राजनीतिक प्रभाव रहँदै आएको सबैले बुझेकै छन् र म त्यसविरुद्धको आन्दोलनमा होमिने छु,’ उनले भने।

वर्तमान प्रधानन्यायाधीश जनताको आन्दोलनले हटाउने भविष्यवाणी पनि उनले गरे।

‘पुनर्बहाली भएको खण्डमा ६ दिनमात्र डिन पदमा डा. शर्मालाई राख्नुमा सर्वोच्च नेतृत्वको निहित स्वार्थ छैन र?’ उनले सोधे। ‘त्यसमा कस्ता कस्ता स्वार्थको भूमिका रहेको छ सबैले बुझ्न सक्छन्।’

अदालतको निर्णयलगत्तै उनले दिएको प्रतिक्रियामा आक्रोश र पीडा झल्किन्थ्यो र न्यायपालिका तथा न्यायधीशप्रति समान्यतया: प्रयोग हुनेभन्दा आपत्तिजनक शब्दको प्रयोग थियो त्यसमा।

उनको प्रतिक्रिया जस्ताको त्यस्तै

‘प्रधानन्यायाधीशविरुद्ध मैले पहिले पनि आवाज उठाएको छु। माफियासँगको साँठगाँठको थप प्रमाण आजको निर्णयबाट मिलेको छ। न्यायपालिका मेडिकल माफियाको मतियार बनेको छ। कसैलाई ६ दिन पदमै राख्न कुन स्वार्थले यो निर्णय गरियो? आफूले चिकित्सा स्वास्थ्य शिक्षाको शुद्धीकरणका लागि वर्षौँदेखि लड्दै आएको र त्यसलाई निरन्तरता दिँदै न्यायपालिका र प्रधान न्यायाधीशको नांगो नृत्यबिरुद्ध हामी लड्छौँ। र, दोषीलाई फालेरै छोडछौ ।

न्यायालयमा पनि माफिया आएछन्। न्यायाधीश पार्टीका कार्यकर्ता भएका छन् र न्यायाधीशको कार्यालय पार्टीको कार्यालय पनि भएको छ।

त्यतिबेलै मैले संस्थान माफियाको हातमा जानुहुन्न भनेर अडान लिएपछि तत्कालीन प्रधानन्यायाधीश तथा मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको निर्देशनमा शर्मालाई हटाइएको थियो। तिनै व्यक्तिलाई सर्वोच्चको वर्तमान नेतृत्वले पुनर्स्थापित गर्दा शंका गर्ने प्रशस्त ठाउँ छ।

जनताको स्वास्थ्यमा खेलवाड गर्ने गरी भएको यो फैसलालाई हामी स्वीकार गर्दैनौँ र म प्रधान न्यायाधीशलाई निकालेरै छोड्छु। उनलाई जनताको आन्दोलनले बाध्य बनाउने छ।

 

यो पनी हेर्नुहोस्: 

डा. केसी पुनः अनसनमा होमिने तयारी

प्रधानन्यायाधीश गोपाल पराजुलीकाे बर्खास्तीको माग राख्दै डा. केसी फेरि अनशनमा

केसी आन्दोलनले बर्खास्तीमा परेका आइओम डिन शर्मालाई पुनर्बहालीको आदेश

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?