
देश सञ्चार
बैशाख ५, २०८२

अ
+
अ
अ
-
कपिलवस्तु- कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीलाई लक्षित गरेर गोली प्रहार भएको छ ।
मायादेवी गाउँपालिका-१ पकडीस्थित निवासमा बिहीबार राति शौचालय गएर निस्किँदै गर्दा उनीमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
गोली प्रहार भए पनि उनलाई गोली भने लागेन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

