
नेपालगन्ज – बाँके प्रहरीले ठूलाे मात्रामा ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेकाे छ ।
भारतबाट पैदल नै नेपालगन्ज आइरहेका जुम्ला चन्दननाथ नगरपालिका वडा नम्बर ५ का २२ वर्षीय प्रवेश सुनारलाई प्रहरीले ३३ ग्राम ४ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेकाे हाे ।
सुनारले आफूले लगाएकाे जिन्स पाइन्टकाे बायाँ खल्तीमा ब्राउनसुगर राखेका थिए । शंका लागेर जाँच गर्दा सुनारकाे साथबाट ब्राउनसुगर फेला परेकाे बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीले जानकारी दिए ।
यतिधेरै ब्राउनसुगर उनले बिक्री गर्न ल्याइरहेकाे बुझिएकाे छ । सीमावर्ती भारतीय शहरबाट बाँकेलगायत छिमेकी जिल्लाका युवाले लागु औषध बाेकेर आउने गरेकाे पाइन्छ ।
भारतबाट ल्याइने लागु औषध नेपालगन्ज हुँदै देशका विभिन्न शहरमा पुग्ने गर्दछ ।