बढ्यो मौरीपालक किसानको सङ्ख्या, घट्यो उत्पादन

बढ्यो मौरीपालक किसानको सङ्ख्या, घट्यो उत्पादन
+
-

चितवन- विसं २०८० को तुलनामा विसं २०८१ मा एक हजार ७० टनले मह उत्पादनमा कमी आएको छ ।

अघिल्लो वर्ष चार हजार ९४५ टन मह उत्पादन भएकामा गत वर्ष सो उत्पादन घटेर तीन हजार ८७५ टनमा झरेको छ ।

नेपाल मौरीपालक महासङ्घका अध्यक्ष सुवाषचन्द्र घिमिरेका अनुसार अघिल्लो वर्षको मह बिक्री नहुनु, चरन क्षेत्रको विवाद, विषादीको अनियन्त्रित प्रयोग, मौरीजन्य उपकरणको मूल्यवृद्धि, महँगो ढुवानी, नक्कली मह र मिसावटयुक्त महको बिगबिगीलगायत कारण यस वर्ष मह उत्पादनमा कमी आएको हो ।

उनले भने, “लगानीको अभाव, बजारको सुनिश्चितता नहुनुले यस पेसाबाट किसान पलायन हुने खतरा बढेको छ ।” अघिल्लो वर्षका तुलनामा मौरीपालक किसानको सङ्ख्या बढे पनि मह उत्पादनमा भने कमी आएको हो ।

अघिल्लो वर्ष आठ हजार १०० किसानले मौरीपालन गरेकामा गत वर्ष यो सङ्ख्या बढेर आठ हजार ३९८ किसानले मौरीपालन गरेका छन् । तीमध्ये व्यावसायिक मौरीपालन गर्ने किसानको सङ्ख्यामा कमी आएको छ ।

व्यावसायिक मौरीपालन गर्ने किसान अघिल्लो वर्ष एक हजार ९६५ रहेकामा गत वर्ष घटेर एक हजार ५६८ जनामा झरेको उनले बताए । उनीहरूले मेलीफेरा मौरी पाल्दै आएका छन् । घरपालुवा सेरेना मौरी पाल्ने किसानको सङ्ख्या भने बढेको छ । अघिल्लो वर्ष यस जातको मौरी पाल्ने किसान सङ्ख्या छ हजार १३५ रहेकामा गत वर्ष यो सङ्ख्या बढेर छ हजार ८३० पुगेको उनले बताए ।

उनीहरूले २०८१ सालमा ९१ हजार ४३५ मेलिफेरा र एक लाख ८० हजार ५७८ गोला सेरेना मौरी पालेका थिए । विसं २०८० मा तीन हजार १४३ टन मह मौज्दात रहेकामा २०८१ मा १९७ टन मह मौज्दात रहेको महासङ्घले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?