लिमीमा चार महिनापछि खोप सेवा सुरु

लिमीमा चार महिनापछि खोप सेवा सुरु
+
-

हुम्ला – उत्तरी नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीका बालबालिकालाई चार महिनापछि नियमित खोप सेवा सुचारु गरिएको छ। लिमी प्रवेश गर्ने नाकाहरु हिमपातले बन्द रहँदै आएकोमा हाल सञ्चालनमा आउँदा भ्याक्सिन ढुवानी गर्न सम्भव भएको कारण सो खोप लगाउन सम्भव भएको हो।
लिमीमा रोकिएको चार महिनापछि नियमित खोप सेवा सुरु भएको नाम्खा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ग्याछो लामाले बताए।

चार हजार ६७० मिटर अग्ले नारा लेकमा जमेको हिउँ पग्लिदा गाउँपालिका केन्द्रबाट भ्याक्सिन तीन पैदल ढुवानी गरेर लगिएपछि खोप तथा अन्य सेवा प्रदान गर्न सकिएको उनले बताए।

प्रत्येक महिनाको एक पटक लगाउने यी एघार प्रकारका खोपहरु लगाईएको छ। चार महिना छुटेको कारण दुई पटक लगाउने कार्य पनि बालबालिकालाई स्वास्थ्यकर्मीले गरेका थिए।

लिमी जाने नाका हिमपातले बन्द हुँदा पुसबाट लिमीका बालबालिकाका लागि खोप सेवा बन्द भएको थियो। अब भने खोप सेवा नियमित सुचारु हुने उनले बताए। लिमीका आठ जना बालबालिकाले यी खोप लगाएका हुन्। नियमित खोपसँगै भिटामिन ए र जुकाको औषधि पनि खुवाउन थालिएको उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?