पार्टी एकता स्थलबाटै पक्राउ परे रेशम चौधरी

पार्टी एकता स्थलबाटै पक्राउ परे रेशम चौधरी
+
-

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशमलाल चौधरी पक्राउ परेका छन्।

उनी आज बुधबार दिउँसो १ बजेतिर नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् एसपी अपीलराज बोहोराले पक्राउ गरेकोबारे पुष्टि गरे।

प्रज्ञा प्रतिष्ठानमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकताको तयारी भइरहेको थियो। उनलाई पक्राउ गरेर डिल्लीबजार कारागार लगिएको छ।

नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धर्मबहादुर चौधरीले किन पक्राउ गरिएको भन्ने आफूहरूलाई कुनै जानकारी नभएको बताएका छन्।

‘एक बजेतिर उहाँ (रशेम चौधरी)लाई पक्राउ गरिएको भन्ने थाहा पाएको छु। किन पक्राउ गर्‍यो भन्ने खुलेको छैन। हामी पनि अचम्मामा परेका छौँ’, उनले भने।

२०७२ सालमा टीकापुरमा भएको हिंसात्मक घटनामा दोषि ठहर भएका उनी २०८० सालमा गणतन्त्र दिवसको अवसरमा आममाफी पाएर छुटेका थिए।

आममाफीविरुद्ध सारदा बोहोरा कठायतले रिट दर्ता गराएकी थिइन्। त्यसको सुनाइ अझै भएको छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?