‘आन्दोलनको कारण २३ दिन छुटेको पढाइ समेट्छौँ’

‘आन्दोलनको कारण २३ दिन छुटेको पढाइ समेट्छौँ’
+
-

सिमकोट – जिल्लाका सबै सामुदायिक विद्यालयमा शुक्रबारबाट पूरा दिन पठनपाठन सुचारु हुने भएको छ। सरकार र शिक्षक महासंघबीच नौ बुँँदे सहमति भएपछि हुम्लामा आन्दोलनरत शिक्षकहरूको बिहीबार बसेको बैठकले बन्द रहेको पठनपाठन सुरु गर्ने निर्णय गरेका हुन्।

सहमति भएपछि शुक्रबार १० बजेबाट चार बजेसम्म पठनपाठन सुरु हुनेछ। बैठकले वैशाख २० गते शनिवार पनि पूरा दिन पढाउने निर्णय गरेको नेपाल शिक्षक संघका सचिव लक्ष्मण बोहराले जानकारी दिए।

त्यसैगरी आन्दोलनका कारण २३ दिन विद्यालयमा पठनपाठन रोकिएकाले अब अन्य १४ दिन सार्वजनिक तथा चाडपर्व बिदामा पनि पढाइ गर्ने, हिउँदे बिदामा नौ दिन पनि पठनपाठन गरिने उनले बताए।

यसबाट जिल्लाका १४१ वटा सामुदायिक विद्यालयमा पठनपाठन सुचारु हुँदा २० हजारभन्दा बढी विद्यार्थी प्रत्यक्ष रुपमा यसबाट लाभान्वित हुनेछन्। आन्दोलनकै कारण पढाइमा पुगेको क्षति जसरी पनि ‘रिकभर’ गर्ने पक्षमा शिक्षकहरू रहेको उनले बताए।

सहमति गरेर पठनपाठनको वातावरण तयार भएकोमा सरकार र आन्दोलनरत पक्षलाई बैठकले धन्यवाद पनि दिएको छ। त्यसैगरी आन्दोलनमा सहयोग र समर्थन गर्ने सबै पक्षलाई शिक्षकहरूको बैठकले धन्यवाद दिएको छ।

आन्दोलनमा काठमाडौं गएका र जिल्लामा आन्दोलनमा सहभागी शिक्षकको हाजिरीसम्बन्धी गाउँपालिकाका शिक्षा शाखामा पठाउने निर्णय गरिएको छ। बैठकमा आन्दोलनरत जिल्लाभरका शिक्षकको सहभागिता थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?