सिमकोट गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा गरिँदै

सिमकोट गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा गरिँदै
+
-

सिमकोट – सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषित हुने भएको छ। यसअघि आठ वटै वडाहरु पूर्ण खोप सुनिश्चित भई सकेको र त्यसको गाउँपालिका स्तरबाट अनुगमनका क्रममा समेत निर्धारित उमेर समुहका बलबालिका कोही पनि खोप नलगाएको भेटिएपछि अब गाउँपालिकालाई घोषणा गर्ने कार्यक्रम तय गरिएको हो।

बैशाख २० गते गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषित गर्ने कार्यक्रम तय भएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले बताए। वडाहरु घोषित भई सकेपछि गरिएको अनुगमन कार्यमा पनि कुनै पनि वडाका वस्तीमा निर्धारित उमेरका बालबालिका खोप नलगाएको नभेटिएको कारण अब गाउँपालिकालाई घोषित गर्ने बाटो खुलेको उनले बताए।

एक कार्यक्रम आयोजना गरी पूर्ण खोप सुनिश्चित घोषणा गर्ने तयारी गरिएको छ। शाखाले उपलब्ध गराएको बिबरण अनुसार घरधुरी सर्वेक्षणको क्रममा पूर्ण खोप पाएका १५ देखि ५९ महिनाका बालबालिकाहरु आठ वटै वडामा ४५५ जना रहेका छन। जसमा दोजाम आधारभुत स्वास्थ्य केन्द्रमा १९ उक्त उमेर समुहका बालबालिका रहेका छन्।

त्यसैगरी ठेहे स्वास्थ्य चौकीमा ७४ जना, बरगाउँ स्वास्थ्य चौकीमा आठ जना, वुराउसे आधारभुत स्वास्थ्य केन्द्रमा दश जना, जिल्ला अस्पतालमा २३ जना, माथिल्लो गाउँ आधारभूत स्वास्थ्य केन्द्रमा २४ जना, डाडाफया स्वास्थ्य चौकीमा १५४ जना, स्याडा स्वास्थ्य चौकीमा १४३ जना बालबालिका रहेका छन्। खोप लिई रहेका जन्मेददेखिख पन्द्र महिनासम्मक बालबालिका भने १८४ जना रहेका छनन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?