काठमाडौंमा जितिया ओटघन (दर) कार्यक्रम

‘जितिया’ मार्फत पहिचान र संस्कृति जोगाउँदै थारु महिला

‘जितिया’ मार्फत पहिचान र संस्कृति जोगाउँदै थारु महिला
+
-

काठमाडौं-

जितिया पावैन बडभारी
धिया पुताके ठोइक सुताबे
आफना ले भैर थारी ।
अर्थात (जितिया पर्व शुद्ध मन, शुद्ध दिन, शुद्ध कर्म र श्रीमान्‌को दीर्घायु अनि सन्तानको सुख शान्तिको लागि कठिन व्रत लिनु)

मञ्‍चको अगाडि पट्टि स-सना माटोले बनाइएका कलशहरु सजाइएका छन्। कलशमा सेतो रंगले पोतेर हरियो रंगले लेखिएको छ ‘राष्ट्रिय थारु जितिया महोत्सव।’

महिलाहरु लहरै उभिएका छन् मञ्‍चको चारैतिर।उनीहरुको शरीरमा सेतो सारीमा हरियो गाढा, शीरमा चाँदीले बनाइएको फुलबुटे गहना सजिएको छ।  केही समयको अन्तरालमै त्‍यही ड्रेस लगाएकी एक महिला मञ्‍चमा उत्रिन्छिन् र माइक समाउँदै बोल्न सुरु गर्छिन, ‘ तपाईहरुलाई सबैलाई थारु समुदायले मनाउँदै आएको राष्ट्रिय थारु जितिया महोत्सवमा स्वागत गर्दछु।’

योसँगै हलमा तालीको गडगडाहट थपियो।हलमा थारु अगुवाहरुको आगमन हुन थाल्‍यो।कोही धोती र कुर्तामा सजिएर, ठाटिएर आउन थाले भने कोही हौसली (घाँटीमा लगाउने चाँदीको गहना), बाकबाजू (बाहुलामा लगाउने), टलक्क टल्किने शीरबन्दीमा सजिएकी आएका थिइन् सद्‌भाव र पहिचानको लागि।तर कोही भने पाइन्ट सर्टमै भए पनि आफ्नो रहनसहनलाई समर्थन र सद्भाव दिनको लागि हलमा उपस्थित थिए। साथमा त्‍यसलाई थप उत्साह प्रदान गर्न उपस्थित थिइन् प्रमुख अतिथि महिला बालबालिका तथा समाज कल्‍याणमन्त्री थम माया थापा, थारु संस्कृतिविद् भुलाई चौधरी र थारु अगुवाहरु।

कार्यक्रममा थारु महिला समाजकी पूर्वअध्‍यक्ष एवं थारु कल्‍याणकारिणी सभामा निर्वाचित केन्द्रीय सदस्‍य सरस्वती चौधरीले संस्कार र संस्कृति अरुले होइन आफैंले जोगाउनु पर्नेमा जोड दिइन्। उनले भनिन्, ‘हामी आदिवासी थारु महिला हौ। हाम्रो आफ्नै पहिचान छ। हाम्रो आफ्‍नै भेषभूषा, भाषा र संस्कार छ। त्‍यसकारण हाम्रो संस्कार जोगाउनु नै हाम्रो कर्तव्‍य हो। यसमा राज्‍य, मिडिया र सरोकारवाला निकायहरुले कहिले गम्भीर भएर सुन्‍ने? ‘

जितियालाई राष्ट्रिय पर्वको रुपमा राज्‍यको निकायबाट मान्‍यता दिलाउन थारु महिलाहरु ‘थारु महिला समाज’ नामक सामाजिक संस्था खोलेर नेतृत्व गरिरहेको उनको भनाई छ।

उनी गुनासो गरिन्, ‘समाजले थारु समाजको चाडपर्वलाई पहिचान र प्रतिनिधित्व गर्दै राजधानी काठमाडौंमा विगत १५ वर्षदेखि मनाउँदै आएका छन्। तर यस पटक भने जितियालाई विशेष बनाउन ओटघन(दर) लाई नजिकबाट नियाले थाहरु महिलाहरुले।तर पुरुष दाजुभाईहरु भने आफ्नो पहिचान नै बिर्सिए की क्‍या हो ? सर्ट पाइन्ट र कोट टाइमा देखिरहेकी छु। कम्तिमा कार्यक्रममा आउँदा त आफ्नो पहिचान झल्काउने धोती कुर्ता, पगरी लगाइएर आइदिनुस्।’

थारु संस्कारमा अभाव, दबाब र प्रभाव बढेको भन्‍दै आफैले ‘जितिया’ पर्वलाई देश भर मनाउन आग्रह गर्दै पर्वकै माध्‍यमबाट आन्दोलनको आवाज उठाउनु पर्नेमा उनको जोड थियो।

थारु संस्कृतिविद भुलाई चौधरीले थारु महिलाहरुले मनाउँदै आएको जितिया महत्वपूर्ण पर्व भएको बताए। उनलले भने, ‘जितिया थारु महिलाहरुले जितियाँ मनाउनुको मुख्‍य कारण श्रीमान्, बालबच्चा र परिवारको लागि सु-स्वास्थ्यको लागि शुद्ध रुपमा ब्रत बस्‍ने गर्दछ। उनीहरु जितमहान बाबाको पूजा गर्दै ब्रत बस्‍ने गर्दछन्।यसले थारु महिलाहरुको मनोकांक्षा पूरा हुन्छन्। साथै श्रीमान्, घर परिवारको सुस्वास्थ्य र दीर्घायू प्रदान गर्छ।’

उनले थारु भाषामै जितियाको ओटघन (दर)बारे कविता सुनाए।

दैया गे पेरवा काटब
ममा येलौ लैले
पावैन स्वरुप येङगनामे करबै
जितमहान बाबाके पूजा
पारन दिन चियै सबसे खुसीके दिन
पावैनभैर खाइले पाबैछे
बौहौत दिनसे मिलके
सखी सहैलीले मिलके
फेन थोरबे दिनमे
ऊसब दुखीभेल
घरसे याल बोलावट
जय जितमहान बबाकै
सबके धन्‍यवाद !!

उनी मातृ भाषामै कविता सुनाइरहँदा थारु महिलाहरु भने आपसमा मुखामुख गरिरहेका थिए। माइत जान नपाउँदाको पीडा कवितामार्पत व्‍यक्त भइरहँदा आफूलाई माइतीको याद आइरहेको थारु फिल्म निर्माता रेणु चौधरीले बताइन्।

उनले भनिन्, ‘हामी थारु महिलाहरु कोही पढाईको सिलसिलामा, कोही कामको सिलसिलामा त कोही जागिरको सिलसिलामा राजधानी काठमाडौं बसेका छौं।तर आफ्नो संस्कार र संस्कृतिलाई भुलेका छैनौ। हाम्रो पहिचानलाई जहाँ गए पनि सदैव सद्‌भाव कायम राखेर जितिया मनाउन होसला थपिदिने थारु महिला समाजलाई विशेष धन्‍यवाद।’

थारू समुदायका महिलाहरु जितिया पर्वमा विशेष गरी तराईका थारु महिलाहरु निराहार ब्रत बस्ने गर्छन्। जितिया पर्व तराईमा बसोबास गर्ने विशेष गरी थारु संस्कृतिको पर्वमध्येको एउटा मुख्य पर्व हो।

यो पर्व आश्विन कृष्ण पक्षको अष्टमी तिथिका दिन तराईका प्रत्येक गाउँघर, शहरका महिलाले मनाउँछन्। पुत्रको सुखशान्ति र चिरायुका लागि महिलाले उपवास र प्राचीन विधिद्धारा पूजा गरेर यो पर्व मनाउने चलन रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?