जी-७ देशद्वारा भारत-पाकिस्तानलाई शान्ति कायम राख्न आग्रह

जी-७ देशद्वारा भारत-पाकिस्तानलाई शान्ति कायम राख्न आग्रह
+
-

विश्वका पश्चिमी शक्तिसाली देशहरुको समूह जी-७ ले भारत र पाकिस्तानलाई शान्ति कायम राख्न र युद्ध भन्दा वार्ताबाट समस्या समाधानका लागि अपिल गरेका छन्।

यो वतव्य आज मात्रै पाकिस्तानले औपचारिक रुपमा भारत विरुद्ध प्रतिकार गर्ने घोषणा गरेपछि आएको हो। जी ७ देशहरुको समूहमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, ब्रिटेन तथा अमेरिका रहेका छन्।

क्यानडाबाट जारी गरिएको विज्ञप्तीमा २२ अप्रिलमा भएको जम्मू-कश्मीर स्थित पलगाममा पर्यटकमाथि भएको हमलाको कडा निन्दा गरिएको छ। यो सँगै भारत र पाकिस्तानलाई संयमित भएर अघि बढ्न आग्रह गरीएको छ। ‘हामी चाहन्छौंकी दुबै देश तनाब बढाउने तर्फ नभइ वार्तामा बस्नु पर्छ र समस्याको शान्तिपूर्ण समाधान तर्फ अघि बढ्नु पर्छ।’ जी-७ को विज्ञप्तीमा भनिएको छ।

त्यस्तै साउदी अरेबियाले पनि दुबै देशलाई युद्धबाट नभइ वार्ताबाट समस्या समाधानका लागि आग्रह गरेको छ। साउदी अरेबियाका विदेश राज्य मन्त्री अदेल अल-जुबैरले भारत र पाकिस्तानको भ्रमण गरेका थिए। यस दौरान उनले भारतका विदेश मन्त्री एस जयशंकर तथा पाकिस्तानमा पनि उच्च राजनीतिक भेटघाट गरेका थिए। उनी फर्किएपछि साउदीले सैन्य टकराव रोक्न आग्रह गरेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?