रेशम पक्राउको भएन समीक्षा

जनमत–नाउपा एकता टर्दैः सिके राउत मधेशमा व्यस्त, चुपचाप रेशम–रञ्जिता

जनमत–नाउपा एकता टर्दैः सिके राउत मधेशमा व्यस्त, चुपचाप रेशम–रञ्जिता
+
-

काठमाडौँ – जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीचको एकता अनिश्चित बन्दै गएको छ। वैशाख १७ गते एकता घोषणा तयारी कार्यक्रमस्थलबाटै सर्वोच्च अदालतको गलत सूचनाका आधारमा नाउपाका संरक्षक रेशम चौधरी पक्राउ परेपछि उक्त दिन एकता भाँडिएको थियो।

एकता भाँडिएको आज (वैशाख २८) ११ दिन बितिसकेको छ। यसबीचमा एकताको तयारी के भयो सार्वजनिक रुपमा कुनै पनि पक्ष (जनमत–नाउपा)ले भनेको छैन। एकताका विषयमा दुवै पक्षका नेताहरू चुपचाप बसिरहेका छन्।

अदालतको पक्राउ गर्नू भन्ने आदेश गलत भएको पुष्टिपछि पक्राउ परेको दिन नै करिब चार घण्टापछि छुटेका रेशम चौधरी पनि यसबीचमा कतै सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। एकताका लागि मुख्यत: जोड गर्ने उनी चुपचाप बस्नुले धेरै अर्थ राखेको छ।

जनमत र नाउपालाई एक बनाउन कोही धेरै खटेको थियो भने, उनी नै हुन्। नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको खास्सै मन नहुँदा नहुँदै पनि पार्टी संरक्षक चौधरीले एकता लागि पार्टीभित्र महोल बनाएका थिए।

पक्राउअघि एकतामा उत्सुक देखिएका उनी अहिले एकएक मौन भइँदिदा अब पार्टी एकता नहुने हो कि भन्ने सञ्चार पार्टीभित्र हुन थालेको छ। ‘एकता गर्न कि नगर्ने भन्ने अन्योल भएको छ’, नाउपाका जिल्लाका एक पदाधिकारीले भने।

रेशम पक्राउको समीक्षा भएन


१७ वैशाखमा पार्टी एकतास्थल कमलादीस्थित प्रज्ञा भवनमा दिनको करिब १ बजेतिर चौधरी पक्राउ परेका थिए। पक्राउपछि एकताका लागि जिल्ला–जिल्लाबाट आएका पार्टी कार्यकर्ता जिल्ल परेका थिए।

कतिपयले चौधरी छुटेपछि सोही दिन नै एकता गर्ने भन्ने आवाज उठाएका पनि थिए। तर उनी पक्राउको समीक्षा गर्ने भन्दै दुवै (जनमत र नाउपा) पक्षका नेताहरूले तत्काललाई पार्टी एकता स्थगन गरेका थिए।

कतिपय कार्यकर्ताको भावनाविपरीत एकता रोकेर चौधरी पक्राउको समीक्षा भनेका नेतहरूले ११ दिन बितिसक्दा पनि उनी पक्राउको समीक्षा गरिसकेका छैनन्। ‘समीक्षाको प्रक्रियामा छ। केही निष्कर्ष आएको छैन’, जनमत पार्टीका प्रवक्ता डा. शरदसिं यादवले भने।

रेशम पक्राउ परेको दिनमा जनमतका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके)ले एकता भाँड्नका लागि उनलाई पक्राउ गरिएको बताए थिए। त्यति मात्र होइन, उनले आक्रोशित भावमा भनेका थिए, ‘यसरी कार्यक्रमस्थलबाटै पक्राउ गरिनु आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिममाथि अन्याय र दमन हो।’

त्यससमयमा उनले राज्यले आफूहरूमाथि दमन गरेको बताएका थिए। उनै राउत अहिले पार्टी एकताका विषयमा चुपचापजस्तै छन्। जनमतका अन्य नेताहरू पनि एकताका विषयमा खुलेर बोल्ने गरेका छैनन्।

यसबीचमा जनमत र नाउपाले किन पक्राउ गरियो भन्ने विषयमा गृहमन्त्रीको जवाफ माग गर्‍यो। गृहमन्त्री रमेश लेखकले सरकारले नियतबस पक्राउ नगरेको र एक अधिकृतले अनधिकृत पत्र पठाउँदा प्रहरीले पक्राउ गरेको स्पष्टीकरण दिएका थिए।

गृहमन्त्रीको जवाफपछि चौधरी पक्राउको विषय लिएर सरकार छाड्नेसमेतको चेतावनी दिएको नाउपाले सरकारले नियतबस पक्राउ नगरेको भन्दै सरकार नछाड्ने बताइसकेको छ। पार्टी अध्यक्ष श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताइसकेकी छन्।

रेशम–रञ्जिता चुपचाप


पार्टी एकता भाँडिएपछि नाउपाका संरक्षक रेशम र पार्टी अध्यक्ष रञ्जिता चुपचाप छन्। उनीहरू सामाजिक सञ्जालतिर पनि देखिएका छैनन्। रञ्जिताले भने एक्लोपन भएको भन्दै कविता लेखेकी छन्।

‘एक्लोपनको साँझ’ शिर्षकमा आज मात्र फेसबुकमा कविता लेख्दै उनले भनेकी छन्–

माया बाँड्दा बाँड्दै, आफू रित्तिँदै गइयो,
तर कसैले सोधेन—“तिमी ठीक छौ?”
सबैको लागि उज्यालो बनेँ,
तर आफ्नै अँध्यारो कोठा कहिल्यै कसैले हेरेन।

आजै अर्को स्टाटस लेख्दै उनले भनेकी छन्, ‘सबै कुरा चिच्याएर प्रमाणित गर्नु पर्दैन, कहिलेकाहीँ मौनता नै बुद्धिमानी हुन्छ।’ पार्टी एकता भाँडिएपछि उनले लेखेका केही स्टाटस हुन्। उनले किन यस्तो लेखिन्? यो खुल्दै जाने विषय हो। तर पार्टी एकता भाँडिएपछि रञ्जितामाथि नै रेशमलाई पक्राउ गर्नसमेत लगाएका जस्ता विषय बाहिरिएका थिए।

उनको स्टाटसबाट पनि शंका गर्न सकिन्छ। उनीमाथि पार्टीभित्र रेशमविरुद्ध लागेको मत बन्दै गएको छ। हुन त यसअघि रेशम र रञ्जिताबीच पटक–पटक राजनीतिक मतभेद भइरहेका थिए।

पार्टी एकता भाँडिएपछि नाउपा आफ्नो मत सार्वजनिक गर्न डराइरहेको छ। देश सञ्चारको सम्पर्कमा पार्टी अध्यक्ष श्रेष्ठसहित अन्य पदाधिकारी सम्पर्कमा आएनन्।

राउत मेधशमा व्यस्त


पार्टी एकता भाँडिएपछि जनमत पार्टीका अध्यक्ष भने मधेश प्रदेशतिर व्यस्त रहेका छन्। उनी पार्टी भेटघाटदेखि विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन्। पार्टी प्रवेश कार्यक्रम, उद्घाटन्, शिलान्यास, मन्दिर दर्शनलगायत कार्यक्रममा सहभागी भएको तस्बिरहरू उनको सचिवालयले दैनिक सार्वजनिक गरिरहेको छ।

उनको कार्यक्रममा रहेको व्यस्ताले पनि भन्न सकिन्छ, अहिले पार्टी एकता दुवै पार्टीलाई चासो छैन। पार्टी एकता भाँडिएको ११ दिनसम्म पक्राउको समीक्षा नहुनु, एकताकाबारेमा दुवै पार्टी चुपचाप हुनुले एकतादेखि टाढिएको देखिँदै गएको छ।

जनमत एकताभन्दा पनि पार्टीलाई नै पुनर्गठन गर्नेतर्फ लागेको छ। आइतबार मात्र जनमतले पार्टीलाई तीन महिनाभित्र अन्तर्राष्ट्रिय समितिलाई प्रभावकारी बनाउन पुनर्गठन गर्न लागेको जानकारी गराएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?