ताँजाकोट पूर्ण खोप दिगोपना सुनिश्चित घोषित

ताँजाकोट पूर्ण खोप दिगोपना सुनिश्चित घोषित
+
-

हुम्ला – जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरिएको छ। यसअघि पाँच वटै वडा पूर्ण खोप दिगोपना सुनिश्चित भइसकेको र त्यसको गाउँपालिकास्तरबाट अनुगमनका क्रममा समेत निर्धारित उमेर समूहका बालबालिका कोही पनि खोप नलगाएको नभेटिएपछि एक कार्यक्रम आयोजना गरी गाउँपालिकालाई घोषणा गरिएको हो।

गाउँँपालिकाका पाँच वटै वडा पूर्ण खोप दिगोपना सुनिश्चित घोषित भइसकेपछि एक औपचारिक कार्यक्रम आयोजना गरी गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरिएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए।

सबै वडा घोषित भइसकेपछि गरिएको अनुगमनअनुसार गाउँपालिकाभरि शाखाले उपलब्ध गराएको विवरणअनुसार घरधुरी सर्वेक्षणको क्रममा पूर्ण खोप पाएका १६ देखि २३ महिनाका २५१ जना, २४ देखि ५९ महिनासम्मका २५३ गरी पाँच वटै वडामा ५०४ जना बालबालिका रहेका छन्।

जसमा वडा नम्बर १ मा १६ देखि २३ महिनाका ३३ जना र २४ देखि ५९ महिनासम्मका ३५ जना बालबालिका रहेका छन्। यसैगरी, वडा नम्बर २ मा १६ देखि २३ महिनाका ६९ जना, र २४ देखि ५९ महिनासम्मका ७० जना, वडा नम्बर ३ मा १६ देखि २३ महिनाका ५५ जना र २४ देखि ५९ महिनासम्मका ७२ जना, वडा नम्बर ४ मा १६ देखि २३ महिनाका ५२ जना र २४ देखि ५९ महिनासम्मका ४८ जना, वडा नम्बर ५ मा १६ देखि २३ महिनाका ४१ जना र २४ देखि ५९ महिनासम्मका ५२ जना गरी जम्मा ५०४ जना बालबालीका रहेकोमा सबैले खोप पाएको सुनिश्चत भएपश्चात् घोषणा गरिएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक धनराज ढकालले बताए।

गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्माले गरेका थिए। कार्यक्रमको अवसरमा यस अभियानलाई सहयोग गर्ने सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालार्ई पनि सम्मान गरिएको थियो। ताँजाकोट पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गर्ने जिल्लाको तेस्रो गाउँपालिका रहेको छ। यसअघि चङ्खेली र सिमकोट गाउँपालिका घोषित भइसकेका छन। अब नाँम्खा, खार्पुनाथ, सर्केगार्ड र अदानचुली गाउँपालिका बाँकी छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?