काठमाडौँ र ललितपुरका खुला सडकपेटी होस् कि गल्ली एक्लै हिँडिरहेकी कुनै महिला देख्नुभयो भने ती झुमा लिम्बु हुन् सक्छिन्। होचो कदकी झुमाले घाम छेक्ने घुमारो टोपी र काँधमा एउटा झोला छुटाउँदिनन्। हिँडिरहँदा उनीसँग कोही नहुन सक्छन्। तर उनीसँग रैथाने भाका अनिवार्य हुन्छ। मेलोडी र स्वर हुन्छ।
हिँडेरै भीड छिचोल्न रुचाउने झुमाका गीतले यतिखेर सहर र गाउँ तात्तिएको छ। चलचित्र ‘ऊनको स्वीटर’को ‘धान पाक्यो रापले, फकाउँछ काफ्ले’ होस् कि चलचित्र ‘जार’को ‘ए होइ, हजूरलाई पर्खिबस्छन् शीतैको चिसो तरेली’ गीतले नेपालको पूर्वी पहाड सयर गराइरहेको छ।
चलचित्र ऊनको स्वीटर र जारकी संगीतकार झुमा आफ्नो स्वरलाई रुचाउँदिनन् तर पनि उनको गायकीलाई दर्शकले सधैं मन पराइदिए। उनलाई हौसला दिइरहे। संगीतभन्दा पर नसोचेकी झुमाले खोजी हिँडेको रैथाने भाका, सुदूरकाे देउडादेखि पूर्वको मुन्धुम र सांगीतिक यात्रा बारे देशसञ्चार चौतारीमा सुनाइन्।
आधुनिक तथा लोकपप शैलीको गीतको माध्यमबाट आफ्नो छुट्टै व्यक्तित्व बनाउन सफल झुमाका लागि संगीत सबथाेक हाे। संगीत भन्दा पर साेचिनन्। ‘चेत आएदेखिन् संगीत नै गर्छु जस्तो लाग्थ्यो, गायिका बन्छु भन्ने भूत चढेपछि त स्कुल पनि किन जानु र जस्तो हुन्थ्यो,’ उनले ती दिन सम्झिन्।
सशक्त शब्द र आम मान्छेका भावना उजागर गर्ने गायकीको जग बसाल्न सकेकी झुमाले त्याे दिन ताप्लेजुङबाट सहर झरेपछि आजपर्यन्त पछाडि फर्किन परेन। बाल्यकालमा पढ्न मन नहुँदा पनि स्कुल जानु पर्दाको किस्सा अनेक छन् उनीसँग। तर अहिले भन्छिन्, ‘त्यो बाल्यकालमा पढ्नकै लागि स्कुल छोड्न परेकाे थियाे अहिले अनुसन्धानमा लागेपछि के-के न पढी टाेपलिएकाे पाे छु त हाे।’
आधुनिक तथा लोकपप शैलीको गीतको माध्यमबाट आफ्नो छुट्टै व्यक्तित्व बनाउन सफल झुमाका लागि संगीत सबथाेक हाे। संगीत भन्दा पर साेचिनन्। ‘चेत आएदेखिन् संगीत नै गर्छु जस्तो लाग्थ्यो, गायिका बन्छु भन्ने भूत चढेपछि त स्कुल पनि किन जानु र जस्तो हुन्थ्यो,’ उनले ती दिन सम्झिन्।
ताप्लेजुङ स्थायी घर भए पनि बुवा ब्रिटिश लाहुरे भएकाले झुमाले गायिका बन्ने सपना देखिन्। उनलाई लाहुरे हुन मन भएन। लाहुरे श्रीमानको कल्पना गर्दै विदेशिने रहर पनि पालिनन्। बरु गायिका बन्ने सपना बोकेर उनी धरान झरिन्।
‘धरान गायिका बन्न हिँडेको थिएँ। दाइदिदीहरू हुनुहुन्थ्यो बस्नलाई समस्या भएन। गीतसंगीतमा लाग्न राेकटाेक पनि भएन। ६ महिनाजति धरानमा संगीत सिकें। आफूलाई गायिका नै जस्तो अनुभूति भइहाल्यो नि। अनि तेह्रथुम धनकुटाका साथीहरू मिलेर एल्बम नै निकाल्यौँ,’ यात्राको अनुभव सुनाइन्।
‘नयाँ दौतरी’ नामक पहिलो एलबम निकालेपछि धरान पनि उनका लागि साँघुरो भइगयो। सन् २००१ एसएलसी तह शिक्षा गरेपछि उनी काठमाडौँको यात्रा गरिन्। धरानमा किनेको एउटा हरमोनियम बोकेर उनी काठमाडौ झरेकी थिइन्। भन्छिन्, ‘खासमा संगीतमै केही नयाँ गर्न म काठमाडौँ आएको थिएँ र आरआर कलेजमा सगीत सिक्न पुगेको थिएँ। त्यहाँ संगीत नभएपछि ललितकला भर्ना हुन पुगेको थिएँ।’
‘नेपालको सबै समुदायमा चल्ने मौलिक बाजालाई मूलधारमा ल्याउन सकियो भने संगीत मात्रै होइन देशै धनी हुन सक्छ। तर त्यो काम चाहिँ एकाध मानिस र संगीतकारको पहलले हुँदैन। राज्य नै लाग्नु पर्छ।’
मुन्धुमको विषयमा धेरैलाई थाहा छैन। खासमा राई लिम्बुका नयाँ पुस्तालाई पनि मुन्धुम बुझ्न गाह्रो छ। तर झुमा मुन्धुम बुझ्ने कोसिसमा लागिरहेकी छन्। उनी भन्छिन्, ‘मुन्धुम भनेको हाम्रो जीवन पद्धति हो। मुन्धुम भनेको त्यस्तो हिमाल हो जो जतिखेर पनि उज्यालो हुन्छ । हिमाल उज्यालो हुनु भनेको हिउँ हुनु हो। हिउँ हुनु भनेको पोखरीहरु टन्न हुन पाउनु हो। पोखरी टन्न हुनु भनेको सारा प्राणीको जीवन चल्नु हो अर्थात सबैको अस्तित्व सम्भव छ।’
२५ वर्षे सांगीतिक यात्रामा झुमाका लागि संगीत आम कुरा होइन। देश धनी हुने माध्यम पनि उनी संगीत देख्छिन्। नेपालको बाजा र संगीतमाथि काम हुनै नसकेको उनको ठम्माइ छ। भन्छिन्, ‘नेपालको सबै समुदायमा चल्ने मौलिक बाजालाई मूलधारमा ल्याउन सकियो भने संगीत मात्रै होइन देशै धनी हुन सक्छ। तर त्यो काम चाहिँ एकाध मानिस र संगीतकारको पहलले हुँदैन। राज्य नै लाग्नु पर्छ।’
बाजा बनाउन कुन रुख आवश्यक पर्छ भनेर खोजीखोजी विश्वका ठूला युनिभर्सिटीले जंगल नै बनाएको बताउँछिन् झुमा। तर नेपालमा बाजा बनाउनका लागि कुन रुख आवश्यक पर्छ संगीतकारलाई नै थाहा छैन। बनाउन पनि गाह्रो छ। ‘खैचडी बनाउन कुन रुख आवश्यक पर्छ भन्ने कुरा त गुरुङ-मगरको मिथ या शास्त्रमा होला। लोककथामा होला। त्यस्तै राइको ढोल बनाउन कुन रुख आवश्यक पर्छ मुन्धुममा होला। तर खोज्ने कसले। खोज्नका लागि लगानी कसले गर्ने। अनुसन्धान भनेको चिज त गर्नै चाहँदैन यो देश, यो राज्य,’ उनले भनिन्।
झुमा अहिले पनि गाउँ गाउँ पुग्छिन्। कहिले पूर्वी नेपालका पहाड र हिमाली गाउँ गाउँमा पुग्छिन्। त्यहाँको बाजा र मौलिक भाकालाई टपक्क टिपेर रैथाने भाका अभियानमार्फत बाहिर ल्याउँछिन्। आफ्ना नयाँ नयाँ गीतमा प्रयोग गर्छिन् । कहिले पश्चिम नेपालका देउडा भाका खोज्दै डिक्रा बादीका ठाडी भाकाहरुमा हराउँछिन्। त कहिले झुम्ला हुम्लाका स्थानीय भाकामा रमाउँछिन्।
जीवनशैलीलाई खासै तामझाम गर्न नरुचाउने झुमाका लागि गीत पहिलो प्रथामिकतामा परिरह्यो। तर नेपालीमा संगीतको अध्ययनलाई लिएर उनी चिन्तित छन्। भन्छिन्, ‘हामी संगीत पढाउने भन्दा पनि रटाउने काम गर्छौ। संगीत भनेको थेओरी मात्रै नभएर अभ्यास पनि हो। अभ्यास कम गराइन्छ यहाँका विश्वविद्यालयहरूमा। जस्तै धर्मराज थापाका गीत रटाउने काम भयो तर उहाँको गीत कहाँ र कसरी जन्मियो। कुन भूगोल समुदाय र मिथबाट आयो भन्ने कुरा सिकाइन्न।’
उनका अनुसार संस्थागत रुपमा कुनै पनि बाजालाई नेपाली संगीतमा समेट्न प्रयास हुन सकेको छैन।
संगीतिक यात्रामा राष्ट्रिय गीतका संगीतकार स्वर्गीय अम्बर गुरुङलाई गुरु मानेर हिँडेकी झुमा गुरुङ नयाँ पुस्ता माझ लोकप्रिय छन्। २०६० सालमै ‘ए साइला’ नामक आधुनिक गिति एल्बम निस्के पनि उहाँलाई स्थापित चाहीँ अमरसंगीतले गरेको सत्य थियाे।
लिम्बु समुदायको लोकनृत्य र संगीत चलन धान नाचमा सहभागी भएर गाउन थालेकी झुमा आज रैथाने भाका खोज्ने अनुसन्धानकर्ताका रूपमा पनि परिचित छन्। भन्छिन्, ‘नयाँ नयाँ कुरा सिक्नमा रमाउँछु। भाषा मात्रै नभएर नयाँ गीतसंगीत खोज्नमा म रमाउँछु।’
संगीतिक यात्रामा राष्ट्रिय गीतका संगीतकार स्वर्गीय अम्बर गुरुङलाई गुरु मानेर हिँडेकी झुमा गुरुङ नयाँ पुस्ता माझ लोकप्रिय छन्। २०६० सालमै ‘ए साइला’ नामक आधुनिक गिति एल्बम निस्के पनि उहाँलाई स्थापित चाहीँ अमरसंगीतले गरेको सत्य थियाे।
कहिले डकुमेन्ट्री त कहिले गीतका लागि डुलिहिँड्ने झुमाले लिम्बु धार्मिक ग्रन्थ मुन्धुमको अडियो संस्करण पनि जारी गरिन्।
नेपाली संगीतमा महिला संगीतकारका रूपमा देखा परेकी नयाँ पुस्तामा झुमा एक्लाे बृहस्पति हुन्। र संगीतमा नयाँ नयाँ काम गर्न लागिपरेकी झुमासँग गर्नु पर्ने कामका सिलसिला अनेकन छन् । त्यसैले उनी भन्छन्, ‘जीवनमा संगीत भनेरै धेरै कुरा छुट्यो तर संगीत छुटेन र अब नमरेसम्म छुट्दैन। केही बर्ष दह्रो काम गर्नु छ।’
विस्तृत भिडियो: