भारतीय प्रधानमन्त्रीको अभिव्यक्ति उत्तेजक भन्दै पाकिस्तानद्वारा अस्वीकार

भारतीय प्रधानमन्त्रीको अभिव्यक्ति उत्तेजक भन्दै पाकिस्तानद्वारा अस्वीकार
+
-

पाकिस्तानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार दिएको अभिव्यक्तिलाई पूर्ण रूपमा अस्वीकार गरेको जनाएको छ।

अन्तर्राष्ट्रिय स्तरमा क्षेत्रीय शान्ति र स्थिरताको प्रयास भइरहेका बेला, यो अभिव्यक्ति गलत, राजनीतिक स्वार्थ, र अन्तर्राष्ट्रिय कानुनको स्पष्ट अवहेलनामा आधारित खतरनाक प्रकृतिको भन्दै पाकिस्तानले अस्वीकार गरेको जनाएको हो।

हालैको युद्धविराम सम्झौताप्रति प्रतिबद्धता जनाउँदै क्षेत्रीय स्थिरताको लागि आवश्यक कदम चालिरहेको पाकिस्तानले जनाएको छ। यो युद्धविराम विभिन्न मित्र राष्ट्रहरूको पहलमा सम्भव भएको थियो, जसले पाकिस्तानलाई तनाव कम गर्न सन्देश दिएका थिए। पाकिस्तानलाई “निराशा र हताशामा युद्धविराम मागेको” भनेर चित्रण गर्नु पूर्ण रूपमा झूट भएको पाकिस्तानको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

पहलगाम आक्रमण पाकिस्तानलाई बदनाम गर्न, सैन्य हस्तक्षेपलाई उचित ठहर्याउन, घरेलु राजनीतिक उद्देश्य पूरा गर्न, भारत-नियन्त्रित कश्मीरमा मानव अधिकार उल्लंघनबाट ध्यान हटाउन, र बाह्य खतरा सिर्जना गर्न प्रयोग गरिएको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ।

निर्दोष पाकिस्तानी नागरिकहरूमाथि भारतले झूटो आतंकवादको आरोप लगाएर आक्रमण गरेको र  जसको जवाफमा पाकिस्तानले संयम अपनाए पनि भारतले पाकिस्तानका सैन्य आधारहरूलाई निशाना बनाउँदै तनावलाई थप उकासेको मन्त्रालयको दाबी छ।

भारतको कार्यले दक्षिण एसियाको रणनीतिक स्थिरतालाई खतरामा पार्दै सम्पूर्ण क्षेत्रलाई विनाशको संघारमा पुर्याएको पाकिस्तानको दाबी छ। भारतले निर्दोष नागरिकहरूको हत्या, विशेष गरी महिलाहरू र बालबालिकाहरूको हत्या, “नयाँ सामान्य” को रूपमा चित्रण गरेको, जुन पाकिस्तानले पूर्ण रूपमा अस्वीकार गरेको पाकिस्तानको दाबी छ।

भारतको गतिविधिहरूलाई पाकिस्तानले नजिकबाट निगरानी गर्नुका साथै अन्तर्राष्ट्रिय समुदायलाई पनि यस विषयमा ध्यान दिन आग्रह गरेको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’