
काठमाडौँ- प्रहरीले कर्तव्य ज्यान गरी फरार रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौँको तारकेश्वर नगरपालिका- २ काभ्रेस्थली बस्ने ४० वर्षीय राम चन्द्र पन्त रहेका छन्। उको स्थायी घर धादिङको गल्छीमा हो।
प्रहरीका अनुसार गत वर्षको चैत्र २९ गते ५:४५ बजेको समयमा काठमाडौं महानगरपालिका- २८ स्थित एक गेष्ट हाउसको कोठामा २८ वर्षीया एक युवतीको शव फेला परेको थियो।
नुवाकोट सूर्यगढी नगरपालिका- १ घर भइ तारकेश्वर नगरपालिका- २ काभ्रेस्थली बस्ने बिमला तामाङको हत्या आशंकामा प्रहरीले खोजिरहेका उनी भारतमा लुकीछिपी रहेकोमा नेपाल फर्कँदै गरेको भन्ने सूचनाका प्रहरी पक्राउ गरेको हो।
उनलाई काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।