निर्देशक दिपेन्द्र के खनाल

‘इमान्दार प्रतिक्रिया बुझ्ने उद्देश्यले र्‍यान्डम दर्शकलाई पनि सहभागी गराएका हौँ’

‘इमान्दार प्रतिक्रिया बुझ्ने उद्देश्यले र्‍यान्डम दर्शकलाई पनि सहभागी गराएका हौँ’
+
-

नयाँ सिनेमाको प्रिमियर गर्दा प्रायः चल्तीका कलाकारहरूको भीड हुन्छ। उनीहरूकाे नै प्रतिक्रियामा मेकरहरू भर पर्छन्। तर दिपेन्द्र के खनाल निर्देशित सिनेमा ‘के घर के डेराः घर नम्बर २’को निर्माण टिमले बटुवालाई फिल्म देखाएर भिन्न शैलीको सुरुवात गरेको छ।

सुन्धरास्थित क्यूएफएक्स सिभिल मलमा बुधबार बेलुका आयोजित प्रिमियर शो मा १ सय ८० जना र्‍यान्डम दर्शकको सहभागी थिए। घरेलु फिल्ममा पहिलोपटक यस खालको प्रयोग गरिएको बताउँछन निर्देशक खनाल। उनी भन्छन्, ‘चलचित्र प्रिमियरमा चलचित्र क्षेत्रका पाहुनाले त फिल्म राम्रो बनेको छ नै भन्नुहुन्छ। आफ्नो क्षेत्रका सकारात्मक प्रतिक्रिया नै हुन्छ तर हामीले इमान्दार प्रतिक्रिया बुझ्ने उद्देश्यले र्‍यान्डम दर्शकलाई सहभागी गराएका हौँ।’

खनालले बाटो, बजार र मलमा ‘र्‍यान्डम्ली’ भेटिएका सर्वसाधारणलाई फिल्म हेराएका थिए। कलाकार केकी अधिकारी, खगेन्द्र लामिछाने र निश्चल बस्नेतले काठमाडौँका विभिन्न मल, बजार र चोक चोकमा पुगेर भलाकुसारी गर्दैं प्रिमियरको लागि निम्तो दिएका थिए।

ती दर्शकबाट निर्माण टिमले चित्त बुझ्दो प्रतिक्रिया पाएको बताए निर्देशक खनालले। फिल्म प्रदर्शनको चापमा राम्रा फिल्म ओझलमा पुर्ने भएकाले आम दर्शकको प्रतिक्रिया बढी प्रभावकारी हुन सक्दछ पनि। दर्शकबाट आलोचना पाउन थालेको बेला ‘के घर के डेरा’ ले टिमले नयाँ शैली प्रयोग गरेको हो।

सामाजिक विषयबस्तुमा चलचित्र निर्माण गर्न माहिर निर्देशक खनाल अहिले सहरभित्रको गरिबी र डेरा जीवनको संघर्ष बोकेर के घर के डरः घर नम्बर २ ल्याएका छन्। जेठ २ गतेबाट प्रदर्शनमा आउन लागेको उक्त चलचित्रले घरबेटी र डेरावालासँगै आमनागरिकको कथा पनि भनेकाे छ।

फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ।

फिल्मको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?