विद्युत प्राधिकरणको लापर्वाही: काभ्रेमा करेन्ट लागेर ११ केभीमा काम गर्दै गरेका मदजुरको मृत्यु

विद्युत प्राधिकरणको लापर्वाही: काभ्रेमा करेन्ट लागेर ११ केभीमा काम गर्दै गरेका मदजुरको मृत्यु
+
-

काठमाडौँ– काभ्रेमा विद्युत प्राधिकरणको लापर्वाहीले गर्दा ११ केभी (किलो भोल्ट)को पोलमा चढेर काम गर्दै गरेका एक मजदुरको  मृत्यु भएको छ।

मृत्यु हुनेमा सर्लाही ईश्वरपुर नगरपालिका १२ घारिबथान बस्ने २८ वर्षीय उपेस परियार रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी मीनबहादुर घलेले जानकारी दिए।

उनकाअनुसार काभ्रेको धुलिखेल नगरपालिका ७ सञ्जिवनी चोकस्थित ११ केभीको हाइटेन्सन लाइनको बिजुलीको पोलमा चढेर तार जोड्न काम गर्दै गर्दा तारमा एक्कासी करेन्ट प्रवाह भएपछि परियारको मृत्यु भएको हो।

यो घटना शनिबार दिनको साढे ११ बजे भएको हो। करेन्ट लागेर मृत्यु भएपछि परियार पोलमै झुण्डिएका थिए। प्रहरीले परियारलाई निकाली पोष्ट मार्टमका लागि धुलिखेल अस्पताल लगेको छ।

परियारले काम गर्दै गरेको लाइन नयाँ लाइन हो। जुन लाइन आज शनिबार चार्ज (विद्युत छाड्ने) गर्ने तयारी थियो। तर तार जडानको काम नसकिँदै काम भइरहेको समयमा विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले लाइन छाड्दा परियारको मृत्यु भएको हो।

स्थानीयले विद्युत प्राधिकरणको लापर्वाहील गर्दा उनको मृत्यु भएको बताएका छन्। लाइन चार्ज गर्ने भनेको पूर्ण रुपमा काम सकिएपछि मात्र गर्नुपर्ने हुन्छ।

तर काम भइरहेको समयमा लाइन चार्ज हुँदा परियारले ज्यान गुमाएका छन्।

प्रहरीले यस घटनाका लागि अनुसन्धान गर्न प्रहरी खटाएकाे छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?